कोभिड बढेको भन्दै स्थानीय प्रशासनले कडाई गरेपछि पुन: स्थगित भयो क्यान इन्फोटेक मेला 

बिजमाण्डू
२०७८ पुष २९ गते १०:३९ | Jan 13, 2022
कोभिड बढेको भन्दै स्थानीय प्रशासनले कडाई गरेपछि पुन: स्थगित भयो क्यान इन्फोटेक मेला 

काठमाडौं। स्थानीय प्रशासनले कोरोना संक्रमण बढेको भन्दै कडाई गर्ने निर्णय गरेपछि क्यान इन्फोटेक दोस्रोपटक स्थगित भएको छ। 

Tata
GBIME

क्यान इन्फोटेकको २७ औं संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तयारी भइरहेको थियो।

तर, जिल्ला प्रशासन कार्यालयसहित कोभिड नियन्त्रण सम्बन्धी सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक मेला अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ। 

यसअघि गत वैशाखमा क्यान इन्फोटेकको २७ औं संस्करण गर्ने तयारी क्यान महासंघको थियो। त्यसबेलामा पनि कोरोना संक्रमणकै कारण मेला स्थगित हुन पुगेको थियो।