‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिंकको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ

बिजमाण्डू
२०७८ पुष २८ गते ११:०९ | Jan 12, 2022
‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिंकको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ

काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्तीमा १०० जीबी” अफर ल्याएको छ। यसअन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्नेछन्।

Tata
GBIME

१०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।

रजिस्टर गरेपछि 'खल्ती' एपको ‘पपुलर सर्भिसेज’ मा रहेको 'खल्ती मा १०० जीबी' आइकनमा गई 'गेट १०० जीबी फ्रि वाइफाइ' मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आइडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आइडी भने एउटै हुनुपर्नेछ।

यो अफर पुस २७ देखि माघ २६ गतेसम्म लागु हुनेछ। यो सुविधामार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ।