१०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।
रजिस्टर गरेपछि 'खल्ती' एपको ‘पपुलर सर्भिसेज’ मा रहेको 'खल्ती मा १०० जीबी' आइकनमा गई 'गेट १०० जीबी फ्रि वाइफाइ' मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ।
प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आइडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आइडी भने एउटै हुनुपर्नेछ।
यो अफर पुस २७ देखि माघ २६ गतेसम्म लागु हुनेछ। यो सुविधामार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ।