
काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकलाई 'दराजको ११:११ अफर' मा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ। बैंकले दराज अनलाइनबाट सामान किन्दा १५ प्रतिशत छुट दिने योजना ल्याएको हो।
छुट योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजार रुपैइँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत ३५ सय रुपैयाँसम्म छुट पाउनेछन्।
बैंकको देशभर १३५ शाखा, १८५ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।