BIZMANDU
www.bizmandu.com

नबिल बैंकले ‘दराजको ११:११ अफर’ मा १५ प्रतिशत छुट दिने, क्रेडिट कार्ड प्रयोग गरे ३५०० सम्म

२०७८ कात्तिक २४

नबिल बैंकले ‘दराजको ११:११ अफर’ मा १५ प्रतिशत छुट दिने, क्रेडिट कार्ड प्रयोग गरे ३५०० सम्म
नबिल बैंकले ‘दराजको ११:११ अफर’ मा १५ प्रतिशत छुट दिने, क्रेडिट कार्ड प्रयोग गरे ३५०० सम्म

काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकलाई 'दराजको ११:११ अफर' मा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ। बैंकले दराज अनलाइनबाट सामान किन्दा १५ प्रतिशत छुट दिने योजना ल्याएको हो। 

Tata
GBIME

छुट योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्। 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजार रुपैइँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत ३५ सय रुपैयाँसम्म छुट पाउनेछन्। 

बैंकको देशभर १३५ शाखा, १८५ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।