‘ग्लोबल आईएमई समुन्नत योजना-१’ का एकाइधनीले १००% लाभांश पाउने, एक अर्ब रुपैयाँ प्रतिफल बाँड्दै 

बिजमाण्डू
२०७८ असोज २५ गते १२:५४ | Oct 11, 2021
‘ग्लोबल आईएमई समुन्नत योजना-१’ का एकाइधनीले १००% लाभांश पाउने, एक अर्ब रुपैयाँ प्रतिफल बाँड्दै 

काठमाडौं। ग्लोबल आईएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) योजना 'ग्लोबल आईएमई समुन्नत योजना-१' ले शतप्रतिशत प्रतिशत प्रतिफल दिने भएको छ। 

Tata
GBIME

कम्पनीले यस योजनाका एकाइधनीहरुलाई करसहित उक्त लाभांश बाँड्ने निर्णय असोज २४ गतेको संचालक समिति बैठकबाट गरेको हो। 

आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण पूरा भएलगत्तै बसेको कम्पनीको संचालक समिति बैठकले योजनाका एकाइधनीहरुलाई सो बराबरको प्रतिफल दिनका लागि एक अर्ब रुपैयाँ वितरण गर्ने बताएको छ।

साथै, योजनाका एकाइधनी दर्ता किताब बन्द हुनेबारेको सूचना चाँडै प्रकाशित गर्ने पनि जनाएको छ।