काठमाडौं। माघ १ गतेबाट बैंक ब्याज थप घट्ने देखिएको छ। तीन वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार, निक्षेप र ऋणको ब्याज अझ घट्ने देखिएको हो।
मंगलबार नेपाल एसबीआइ बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकले माघ १ गतेबाट लागू हुने नयाँ ब्याज दर सार्वजनिक गरेका छन्।
एसबीआइले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याज सर्वसाधारणतिर यथावत चार प्रतिशत राखेको छ। तर संस्थागत/विदेशी कूटनीतिक निकायको ५ बाट चार प्रतिशतमा झारिदिएको छ। एकदेखि दुई वर्ष अवधिको संस्थापकतिरको ब्याज ६ प्रतिशतबाट साढे ५ प्रतिशतमा झारिएको छ। बचतको ब्याज भने यथावत ३ देखि १.५ प्रतिशतमा राखेको छ।
बैंकको असोजमा ८.३७ प्रतिशत रहेको आधार दर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ। स्प्रेड ३.९४ बाट ३.८२ प्रतिशतमा झरेको छ।
यता सिभिल बैंकले ३ देखि ५ प्रतिशत रहेको बचतको ब्याज तीन प्रतिशतमा स्थिर गरेको छ। मुद्दती निक्षेपको ब्याज ८ प्रतिशत कायम गरेको छ। यसअघि अधिकतम ब्याज ८.५ प्रतिशत थियो।
यसैगरी सेञ्चुरी कमर्सियल बैंकले बचतको ब्याज ४.५ देखि २.५ प्रतिशत यथावत राखेको छ। मुद्दती तर्फको ब्याज पनि सातदेखि साढे सात प्रतिशतसम्म राखेको छ। कात्तिकमा ८.४३ प्रतिशत रहेको बैंकको आधार दर मंसिरमा ८.४७ प्रतिशत पुगेको छ।
बचत र मुद्दतीको ब्याज तल-माथि हुँदा आधार दर पनि तलमाथि हुन्छ। यसले गर्दा ऋणको ब्याज पनि तल-माथि हुन्छ।
Dhanisha Reshmi Somare[ 2021-01-14 12:48:57 ]
ब्याज दर घटायेर उत्पादन मुलक छेत्र मा लगानी बिस्तार गरेत राम्रो हुन्थेयो । अन्यथा बैन्क मा निछेप कम हुदै जादा बैन्क बन्द हुने अवस्था पनि आउन सक्छ।
Ramji Baral[ 2021-01-14 07:57:00 ]
नेपाल जस्तो अर्थतन्त्र भएको देश मा बैंक तथा बित्तीय संस्था हरु मा बढी ब्याज दिनु उपयुक्त हैन ।जनतालाइ उद्यमशील र जागरुक बनाउन बिनासित्ती बैक मा पैसा राख्ने र ब्याज खाने प्रवृत्ति हट्नु पर्छ । 1-2 प्रतिसत भन्दा बढी ब्याज नदिने र रोजगारी र उद्योग व्यावसाय गर्ने लाई प्रोत्साहन गर्ने नीति ल्याए बैंक मा पैसा राख्ने प्रवृत्ति हट्थ्यो कि !!
Umesh Gautam[ 2021-01-15 08:54:40 ]
बैकको रिणको ब्याज घटाउने कुरै गर्दैन राख्नेको मात्रै घटाउन के सारो हतार भा होला
Sonelal Ray[ 2021-01-14 02:00:28 ]
बैंकमा बचतखाताको उदेश्य , सुरक्षा तथा चाहेकोबेला रकम निकाले , बचतमा बैंकले शुन्य 0 % ब्याज गर्दा राम्रो
Ramesh Prasad Pandey[ 2021-01-14 12:33:51 ]
येस्तै तरिकाले बैंकले ब्याजदर घटाउदै लादा भोलि कुनै बैंकको डिपोजिट सबै ले झिक्ने अबस्थामा आयो भनि सबै बैंक धारासाहि हुन के बेर
Madhukar Pandey[ 2021-01-12 09:48:35 ]
राम्रो अब जलविद्युत मा लगानी वृद्धि गर्न बैंक लाई सुझाव
Sunil Kumar Bhagat[ 2021-01-15 08:08:36 ]
Good
Mandevi Gurung[ 2021-01-15 04:52:47 ]
Good
Arjun Dhakal[ 2021-01-14 05:27:47 ]
https://youtu.be/3he_J3aKqpY
Fre Frie[ 2021-01-14 07:47:09 ]
Loan ko ni kam garum nabha nagarda ramro
Om Prakash Sah[ 2021-01-14 02:45:01 ]
Good
Gupta Ashish[ 2021-01-13 05:38:46 ]
Inflation rate bhanda pani kam garnu huda NRB maun....