BIZMANDU
www.bizmandu.com

बैंक ब्याज दर अझै झर्ने संकेत: तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याज, बचत र मुद्दती दर घट्यो

२०७७ पुष २८

Tata
GBIME
Nepal Life

काठमाडौं। माघ १ गतेबाट बैंक ब्याज थप घट्ने देखिएको छ। तीन वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार, निक्षेप र ऋणको ब्याज अझ घट्ने देखिएको हो।

मंगलबार नेपाल एसबीआइ बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकले माघ १ गतेबाट लागू हुने नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। 

एसबीआइले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याज सर्वसाधारणतिर यथावत चार प्रतिशत राखेको छ। तर संस्थागत/विदेशी कूटनीतिक निकायको ५ बाट चार प्रतिशतमा झारिदिएको छ। एकदेखि दुई वर्ष अवधिको संस्थापकतिरको ब्याज ६ प्रतिशतबाट साढे ५ प्रतिशतमा झारिएको छ। बचतको ब्याज भने यथावत ३ देखि १.५ प्रतिशतमा राखेको छ।

बैंकको असोजमा ८.३७ प्रतिशत रहेको आधार दर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ। स्प्रेड ३.९४ बाट ३.८२ प्रतिशतमा झरेको छ। 

यता सिभिल बैंकले ३ देखि ५ प्रतिशत रहेको बचतको ब्याज तीन प्रतिशतमा स्थिर गरेको छ। मुद्दती निक्षेपको ब्याज ८ प्रतिशत कायम गरेको छ। यसअघि अधिकतम ब्याज ८.५ प्रतिशत थियो। 

यसैगरी सेञ्चुरी कमर्सियल बैंकले बचतको ब्याज ४.५ देखि २.५ प्रतिशत यथावत राखेको छ। मुद्दती तर्फको ब्याज पनि सातदेखि साढे सात प्रतिशतसम्म राखेको छ। कात्तिकमा ८.४३ प्रतिशत रहेको बैंकको आधार दर मंसिरमा ८.४७ प्रतिशत पुगेको छ।

बचत र मुद्दतीको ब्याज तल-माथि हुँदा आधार दर पनि तलमाथि हुन्छ। यसले गर्दा ऋणको ब्याज पनि तल-माथि हुन्छ।