'सेलिब्रिटी बैंकर' अनिल शाहलाई कोरोना पोजेटिभ, स्वास्थ्य अवस्था सामान्य, 'होम आइसोलेसन' मा




काठमाडौं। नबिल बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ।

सीइओ शाहले फेसबुक पोस्टमार्फत् आफूलाई कोभिड-१९ भएको जानकारी दिएका छन्। पहिलोपटक गत बुधबार गन्ध थाहा नपाएपछि कोरोना आफूलाई संक्रमण शंका गरेका उनी आइसोलेसनमा थिए। परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। 

TaTa
TVS

फेरि चिकित्सकको सल्लाह अनुसार शनिबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनले गत बुधबारबाट नै आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन्। 

रिपोर्टमा पोजेटिभ आए पनि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell