BIZMANDU
www.bizmandu.com

‘सेलिब्रिटी बैंकर’ अनिल शाहलाई कोरोना पोजेटिभ, स्वास्थ्य अवस्था सामान्य, ‘होम आइसोलेसन’ मा

२०७७ कात्तिक २

Tata
GBIME

काठमाडौं। नबिल बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ।

सीइओ शाहले फेसबुक पोस्टमार्फत् आफूलाई कोभिड-१९ भएको जानकारी दिएका छन्। पहिलोपटक गत बुधबार गन्ध थाहा नपाएपछि कोरोना आफूलाई संक्रमण शंका गरेका उनी आइसोलेसनमा थिए। परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। 

फेरि चिकित्सकको सल्लाह अनुसार शनिबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनले गत बुधबारबाट नै आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन्। 

रिपोर्टमा पोजेटिभ आए पनि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन्।