गोल्छा र विशाल समूहको लगानी रहेको श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेच्दै


काठमाडौं। दुई दशक अघि स्थापना भएको श्रीराम सुगर मिल्स स्थायी रूपमा बन्द भएको छ। यो रौतहट जिल्लाकै पहिलो चिनी मिल हो। यो उद्योगले रौतहट जिल्ला र वरपरका स्थानीयलाई रोजगारी दिनुको साथै उखु खेती लगाउन प्रोत्साहित गर्दै आएको थियो।

यो उद्योगमा गोल्छा र विशाल समूहको लगानी छ। सुरुवातमा गोल्छा समूहको मात्रै लगानी रहेको उद्योगमा चार वर्ष अघि विशाल समूहले २५ प्रतिशत सेयर किनेको थियो। उद्योग बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय वीरगंज, उद्योग विभाग, आन्तरिक राजस्व विभागलाई व्यवस्थापनले दिइसकेको छ।

Sipradee
Sanima Bank
TVS

 लामो समयदेखि घाटामा रहेको उद्योगलाई जोगाउन भरमग्दुर प्रयास गर्दा पनि नसकिएपछि बन्द गर्नुपरेको संचालकहरुले बताएका छन्। उद्योगलाई आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नोक्सानी भएको छ।

उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलब र सुविधा भुक्तानी गरिने बताइएको छ। उद्योगमा कार्यरत कर्मचारीको चार महिनादेखिको तलब र संचय कोष समेत भुक्तानी गर्न सकेको छैन।

कम्पनी व्यवस्थापनले चलअचल सम्पत्ति बिक्रीका लागि सरकारसँग अनुमतिको प्रक्रिया अगाडि बढाइसकेको छ। सरकारबाट अनुमति पाउनेबित्तिकै सम्पत्ति बिक्री गरेर कर्मचारी र उखु किसानको भुक्तानी गरिने व्यवस्थापनले जनाएको छ। चालु आर्थिक वर्षमा जम्मा १३ दिन क्रसिङको लागि खुलेको थियो। यो उद्योग गत वर्षको फागुन १३ गतेदेखि पूर्ण रूपमा बन्द छ। 

यो उद्योग नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत छ।नेप्सेमा सूचीकृत रहेको यो कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन।

नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार सूचीकृत कम्पनीहरुले आफ्नो कारोबारको विवरण त्रैमासिक रूपमा सार्वजानिक गनुपर्ने हुन्छ। कम्पनीले चौबिसौ वार्षिक साधारण सभा गत वर्षको वैशाख ३० गते बोलाएको थियो। कम्पनीको नेप्सेमा ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार छ।


Share this Story

   

Alon Kto Moh[ 2020-07-28 02:40:12 ]
Hawa yeha samm thah X ki npl ma company kholda khile ghata hudain yeha utpadan bastu mahgo ma bikri hunx aru sab sasto X Labour karamchari kacha padarth sano Company kholer yeha madwary haru ahile samm 10,12 Company sanchalan greko awstha X ani yo company kasri ghatama yesma rajniti karan vyex


Pradip Upadhaya[ 2020-07-27 10:18:33 ]
नेता देखि व्यापारी सबै उस्तै सबैले गरीब, निमुखा , सोझा साझा मजदुर,किसानलाई लुट्ने हो ।
" कथित जनताको सरकारको जय होस् "


Ravi Gupta Rauniyar[ 2020-07-29 01:41:08 ]
नगद मा चीनी बेचेर गरीब किसान पैसा 4 बर्ष सम्म पनि न दिने त्यही किसान को मेहनत बाट धनी हुने अनि त्यही किसान लाई रूवाई दिए पछी त्यसैको परिणाम हो


बिनय नारायण मानन्धर[ 2020-07-27 10:09:25 ]
गोल्छा को पब्लीक कम्पनी हरू सबै यस्तै हालत । अरुण बनस्पती भृकु ती कागज


Shirish Sharma[ 2020-07-28 02:17:48 ]
management team le banda garya ho loss ma gayera....kasai kasai lai sarkarle gareko jasto lagecha ! Kisaan haru ko paisa nadine mill banda thik ho tara shareholder haru lai chahi marka paryo!!


Pradeep Niraula Himalibase Jetho[ 2020-07-28 02:01:16 ]
किसानलाइ डुबाउने यो उधोग बन्द भएको जाति


Niranta Koirala[ 2020-07-28 03:19:27 ]
Tharu ra maru ko dukhad kahani


Ram Rauniyar[ 2020-07-28 06:24:45 ]
बैंक को पनि लगानी होला ! ??


Rakesh Man Joshi[ 2020-07-28 04:16:57 ]
Public company ho public ko Paisa dubyo


Manish Gokhali[ 2020-07-28 05:14:19 ]
यो माचिक्ने मारवाडीहरु तेस्तै हो आफ्नो मात्रै सेयर होल्डीङ्ग भाको उध्योग हो भने चलाउछ्न मजाले नत्र जनताको पनि सेयर (Ipo) छ्भने आफ्नो लगानी न उठुन्जेल चलाउछ्न तेस्पछी कवाडी मा बेच्ने अवस्था मा पुगाउछ्न।


Bizen Pradhan[ 2020-07-30 04:31:10 ]
Kaudi ko vauma uthako Jagga becheranai Arabpati hune vayesi Kina MIL sanchalan garnu paryo tensan liyera.tehi ho para .


Pawan Dev Pant[ 2020-07-29 10:05:56 ]
Yestai ho desh dubaaune niyam kanaun bane pachhi janata le maasu ra raksi maa bhot haale pachhi yestai ho


Sameul Tamu[ 2020-07-29 03:35:42 ]
Kina yi marwardi haru le afno matra share vayeko company faida ma chalauchan,janata ko lagani vaye company ghata pardai banda garauchhan?


Narayan Joshi[ 2020-07-28 12:03:18 ]
sharedhani laai paiso firta paula kinapaula ?"


Pradhan Nilesh[ 2020-07-28 06:21:23 ]
Nischal Jo'c


Harihar Acharya[ 2020-07-28 01:39:28 ]
नाटक ।


Nabin Khadgi[ 2020-07-27 10:19:46 ]
nepali udhyog haru sabai lai banda garaune sarkar ko niti kaile samma ?
#DalalNepalSarkaar


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell