BIZMANDU
www.bizmandu.com

गोल्छा र विशाल समूहको लगानी रहेको श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेच्दै

२०७७ साउन १२

गोल्छा र विशाल समूहको लगानी रहेको श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेच्दै
गोल्छा र विशाल समूहको लगानी रहेको श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेच्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दशक अघि स्थापना भएको श्रीराम सुगर मिल्स स्थायी रूपमा बन्द भएको छ। यो रौतहट जिल्लाकै पहिलो चिनी मिल हो। यो उद्योगले रौतहट जिल्ला र वरपरका स्थानीयलाई रोजगारी दिनुको साथै उखु खेती लगाउन प्रोत्साहित गर्दै आएको थियो।

यो उद्योगमा गोल्छा र विशाल समूहको लगानी छ। सुरुवातमा गोल्छा समूहको मात्रै लगानी रहेको उद्योगमा चार वर्ष अघि विशाल समूहले २५ प्रतिशत सेयर किनेको थियो। उद्योग बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय वीरगंज, उद्योग विभाग, आन्तरिक राजस्व विभागलाई व्यवस्थापनले दिइसकेको छ।

 लामो समयदेखि घाटामा रहेको उद्योगलाई जोगाउन भरमग्दुर प्रयास गर्दा पनि नसकिएपछि बन्द गर्नुपरेको संचालकहरुले बताएका छन्। उद्योगलाई आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नोक्सानी भएको छ।

उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलब र सुविधा भुक्तानी गरिने बताइएको छ। उद्योगमा कार्यरत कर्मचारीको चार महिनादेखिको तलब र संचय कोष समेत भुक्तानी गर्न सकेको छैन।

कम्पनी व्यवस्थापनले चलअचल सम्पत्ति बिक्रीका लागि सरकारसँग अनुमतिको प्रक्रिया अगाडि बढाइसकेको छ। सरकारबाट अनुमति पाउनेबित्तिकै सम्पत्ति बिक्री गरेर कर्मचारी र उखु किसानको भुक्तानी गरिने व्यवस्थापनले जनाएको छ। चालु आर्थिक वर्षमा जम्मा १३ दिन क्रसिङको लागि खुलेको थियो। यो उद्योग गत वर्षको फागुन १३ गतेदेखि पूर्ण रूपमा बन्द छ। 

यो उद्योग नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत छ।नेप्सेमा सूचीकृत रहेको यो कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन।

नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार सूचीकृत कम्पनीहरुले आफ्नो कारोबारको विवरण त्रैमासिक रूपमा सार्वजानिक गनुपर्ने हुन्छ। कम्पनीले चौबिसौ वार्षिक साधारण सभा गत वर्षको वैशाख ३० गते बोलाएको थियो। कम्पनीको नेप्सेमा ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार छ।

DV.load(“https://www.documentcloud.org/documents/7007135-श-र-र-म-स-गर.js”, {
responsive: true,
height: 800,
container: “#DV-viewer-7007135-श-र-र-म-स-गर”
});

श्रीराम सुगर (PDF)

श्रीराम सुगर (Text)