अब लकडाउन के हुन्छ? प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी टुंग्याउन बोलाए मन्त्रिपरिषद् बैठक

बिजमाण्डू
२०७७ जेठ २७ गते १५:४६ | Jun 9, 2020

Vigo
GBIME
Tata

काठमाडौ। लकडाउनको मोडालिटीबारे छलफल गर्न मंगलवार मन्त्रिपरिषद् बैठक बस्दैछ। साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ। नियमित बैठक भएकाले छलफलको विषयबारे आफूलाई जानकारी नभएको थापाले बताए।

यसअघिको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार पार्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

तर, उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीका अनुसार मोडालिटी अझै छलफल क्रममा रहेको छ।