साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट काट्न मिल्ने

बिजमाण्डू
२०७६ मंसिर १२ गते १५:३१ | Nov 28, 2019
साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट काट्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाइनबाट किन्न सकिने भएको छ।

काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत किन्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गएर आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन्।  टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ। कम्पनीले दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र  परिचयपत्र अनिवार्य देखाउनु पर्ने जनाएको छ। कम्पनीका अनुसार टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् ।

यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने कम्पनीको विश्वास छ।कम्पनीका अनुसार यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ। इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ ।  उपत्यका लगायत नेपालभर इसेवाका  ६५ हजार भन्दा बढी जोन पोइन्ट छन् ।