द एड्रेस लाउन्ज:  ३६० डिग्रीको भ्युमा काठमाडौं, जब मुखमा पर्छ खाना, तब मुहारमा छाउँछ मुस्कान

बिजमाण्डू
२०७६ असोज ३ गते ११:३२ | Sep 20, 2019
द एड्रेस लाउन्ज:  ३६० डिग्रीको भ्युमा काठमाडौं, जब मुखमा पर्छ खाना, तब मुहारमा छाउँछ मुस्कान

फुड लभरहरुलाई रेष्टुरेण्ट, होटल, त्यहाँ उपलब्ध हुने खाना, त्यो खानाको मेनु जस्ता जानकारी दिन बिजमाण्डूले टोस्टम्यान (फुडसम्वन्धी मोवाइल एप)सँगको साझेदारीमा यो सिरिज सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

काठमाडौं । यसपटक टोस्टम्यान प्रस्तुत गर्न चाहन्छ, द एड्रेस लाउन्ज। एउटा यस्तो रेस्टुराँ जहाँ काठमाडौं उपत्यकाको ३६० डिग्री भ्युको साथमा खानेकुराको मजा लिन सकिन्छ।

सहरको मनमोहक दृश्यहरु हेर्दै स्वदिष्ट खानेकुरा खाँदाको जस्तो मजा अरु केमा होला र? स्वादिष्ट खानेकुराको साथमा रेस्टुराँ वरपरको दृश्य राम्रो भइदिए त्यसले खानाको अनुभवलाई नै अविस्मरणीय बनाइदिन्छ।

द एड्रेस लाउन्जको बारेमा लोकप्रिय इन्स्टाग्राम फूड ब्लगर 'माइ डार्लिङ फूड'ले टोस्टम्यानलाई जानकारी गराएका हुन्।

माइ डार्लिङ फूडले द एड्रेस लाउन्जको पेजमा लेख्छन्, कालिकास्थानको १४ औं तलामा रहेको यो रेस्टुराँबाट काठमाडौं शहरको अद्भुत दृश्य देखिन्छ। यस्तो रेस्टुराँमा स्वादिष्ट खाना तथा राम्रो ककटेल र शीशाको आनन्द लिइरहँदा रात बितेको पत्तो नै हुँदैन।

रेस्टुराँ प्रवेश गर्नासाथ यहाँको आकर्षक इन्टेरियर डिजाइन र फर्निचरले ध्यान खिचिहाल्छन्। लाग्छ पार्टी गर्न तथा साथीभाइसँग जमघट गर्न यो जस्तो उत्तम ठाउँ काठमाडौंमा अन्त कतै छैन।

निकै लक्जरियस महसुस हुने यो रेस्टुराँ व्यक्तिगत पार्टी तथा गेटटुगेदर गर्नको लागि सानदार ठाउँ मान्न सकिन्छ। आफूलाई इच्छा लागेको सिटमा बसेर सहरको अद्भुत दृश्य हेर्दै मनपर्ने खानेकुराको मजा लिन सकिने गज्जबको रेस्टुराँ हो, द एड्रेस लाउन्ज।

रेस्टुराँको वातावरणबाट प्रभावित भइरहँदा यहाँको उत्कृष्ट सेवा र लाइभ म्युजिकलाई पनि बिर्सिन सकिदैन। त्यसैमा छ, भोजनको उत्तम अनुभव।

माइ डार्लिङ फूडले मसालेदार प्रान, पेरी पेरी चूजा, लेमन बटरसँग ग्रिल गरिएको माछा र सांग्रिलालाई मनपर्ने खानाको सूचीमा राखेको छ।

सही फ्लेवरसहितको स्वादिलो तन्दुरी पनीरले जोकोहीलाई पनि लोभ्याउन सक्छ। मूल्य पनि ६५० रुपैयाँ मात्रै।

यहाँ चिप्सको साथमा पाइने बडा पाव नयाँ र उत्कृष्ट खानेकुरा हो। वास्तवमै यो रेस्टुराँ शाकाहारीका लागि पनि जानै पर्ने गन्तव्य हुन सक्छ।

चार प्रकारका फ्रेन्च फ्राइज हाम्रो टेबलमा आउँदा हामी दंग पर्यौँ। काठमाडौं उपत्यकामै कहाँ पाइन्छन् र यतिका प्रकारका फ्रेन्च फ्राइज? त्यो पनि विल्कुलै नौलो स्वादमा।

वासबी स्वादको फ्राइज र पेरी पेरी फ्राइज चाहीँ सबैभन्दा उत्तम। यति स्वादिलो फ्राइजको मूल्य भने जम्मा ३२५ रुपैयाँ मात्रै।

नन-भेजहरुको लागि पनि यो ठाउँ स्वर्ग नै होभन्दा फरक पर्दैन। यहाँ पाइने मसालेदार प्रान, पेरी पेरी चूजा, लेमन बटरसँग ग्रिल गरिएको माछा मुखमा पर्ने वित्तिकै आँखा बन्द गरेर यसको स्वादको मजा लिन मन लाग्छ।

खानाको सुगन्ध पनि उत्तिकै मिठो। ठिक्क मात्रामा मसला राखेर राम्रोसँग पकाइएको मासुका खानेकुराहरु जब मुखमा पर्छ, तब तत्काल मुहारमा मुस्कान छाइहाल्छ।

यहाँ पाइने खानेकुराहरुको तस्बिर मात्रै हेर्दा पनि भर्खरै रेस्टुराँ पुगेर अर्डर गरिहाल्यौँ जस्तो लाग्छ।

अनेक थरीका ककटेल ड्रिंकलाई फरक फरक तवरले सर्भ गरिन्छ यहाँ। जसले खानाको अनुभवलाई १० गुणा बढि सानदार बनाउँछ।

६ सयदेखि ८ सय रुपैयाँ पर्ने ककटेल ड्रिंक केही महंगो लागे पनि यहाँको खानेकुराले प्रत्येक रुपैयाँ रुपैयाँको भरपाइ गर्यो भन्ने महसुस हुनेछ।

एड्रेस लाउन्ज लगायत अन्य रेष्टुरेण्ट, लाउन्ज, बारका वारेमा जानकारी लिन, त्यहाँको मेनु हेर्ने, मूल्य सूची थाहा पाउन र राम्रो छुट पाउन टोस्टम्यान डाउनलोड गर्नुहोस्।  

यो सिरिजमा तपाईं पनि आफ्नो रेष्टुरेण्ट, लाउन्ज, बार, होटललाई सहभागी गराउन चाहनुहुन्छ भने  [email protected] वा [email protected] मा मेल गर्नुहोस्।