बैंकमा जागिर खान मन छ? चारवटा बैंकले मागे दुई सयभन्दा धेरै कर्मचारी, कसले भर्न पाउँछन्?

बिजमाण्डू
२०७५ पुष २५ गते १०:४० | Jan 9, 2019


काठमाडौं। दुई बाणिज्य बैंक सिद्धार्थ बैंक र एनसिसी बैंकले नयाँ शाखा कार्यालय तथा केन्द्रीय कार्यालयको लागि १४५ जना भन्दा धेरैको लागि विज्ञापन खुला गरेको छ।

Tata
GBIME
Nepal Life

सिद्धार्थ बैंकले सिनियर अफिसर तहको ब्रान्च म्यानेजर, क्रेडिट डिपोजिट रिलेसनसिप अन्तर्गतका विभिन्न पदको लागि १० जना कर्मचारी माग गरेको छ। यस पदको लागि स्नातक गरी कम्तिमा ४ वर्षको कार्यानुभव हुनु पर्ने जनाएको छ।  

त्यस्तै अफिसर तहमा १४ वटा शाखाको लागि ब्रान्च म्यानेजर, सात वटा भन्दा धेरै शाखा कार्यालयको लागि क्रेडिट एण्ड रिलेसनसिप अफिसर, उपत्यकाभित्रका १० भन्दा धेरै शाखाको लागि ब्रान्च म्यानेजर माग गरेको हो। यस पदको लागि स्नातक उत्तीर्ण गरी कम्तिमा पनि तीन वर्षको कार्यानुभव हुनु पर्ने योग्यता तोकेको छ।  

जुनियर अफिसर तहको लागि उपत्यका भित्र तथा बाहिरको शाखा कार्यलयको लागि २४ जना भन्दा धेरैको लागि विज्ञापन खुला गरेको छ। यस पदको लागि स्नातक गरि कम्तिमा पनि दुई वर्षको कार्यानुभव हुनुपर्ने जनाएको छ।

बैंकले जुनियर एसिस्टेन्ट लेभलमा ४२  भन्दा धेरै शाखा कार्यालयको लागि ५२ जना भन्दा धेरै संख्यामा कर्मचारी माग गरेको हो। यस पदका लागि स्नातक गरी कम्तिमा डेड वर्षको कार्यानुभव हुनु पर्नेछ।

बैंकिङ क्षेत्रमा कम्तिमा पनि एक वर्षको कार्यानुभव भएकाहरुको लागि माइक्रोबैंकिङ डिपार्टमेन्टको लागि २० जना भन्दा धेरैको लागि विज्ञापन खुला गरेको छ। इच्छुक आवेदकले माघ २२ गतेसम्ममा आवेदन दिनु पर्नेछ। बैंकको वेवसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ।

त्यस्तै एनसिसी बैंकले डिजिटल बैंकिङ अन्तर्गत अफिसर तहमा दुई जना कर्मचारी माग गरेको छ। आइटिमा स्नातकोत्तर गरी कम्तिमा पनि तीन वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै सहायक तहको सफ्टवेयर डेभलपरमा दुई जना कर्मचारी माग गरेका छ। आइटिमा स्नातक गरि आइटिको क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ।

बैंकले दुई जना चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ। चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी दुई वर्षको कार्यानुभव भएकाले यसमा आवेदन दिन पाउने छन्। त्यस्तै सेक्युरिटि हेड पनि माग गरेको बैंकले जनाएको छ।   

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले ३३ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र ३४ जना क्रेडिट इन्चार्ज माग गरेको छ।

बैंकले उपत्यकाभित्र तथा बाहिरका शाखा कार्यालयको लागि माग गरेको ब्रान्च म्यानेजरको लागि स्नातक गरि कम्तिमा पनि ४ वर्षको कार्यानुभव हुनु पर्ने योग्यता तोकेको छ।

त्यस्तै क्रेडिट इन्चार्जको लागि स्नातक गरी दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवदेकले माघ ९ गतेसम्ममा आवदेन दिनु पर्ने बैंकले जनाएको छ।

त्यस्तै गण्डकी विकास बैंकले केही चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। केही संख्यामा सेमि क्वालिफायर्ड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। इच्छुक आवदेकले माघ ९ गतेसम्म आवदेन दिनु पर्ने बैंकले जनाएको छ।