तिहारमा देशभर लोडसेडिङ नहुने, कुलमानले भने- अनुमानित मागभन्दा धेरै खर्च भए पनि धानिन्छ

बिजमाण्डू
२०७५ कात्तिक १४ गते १५:१८ | Oct 31, 2018


काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदो तिहारमा नेपाल भर लोडसेडिङ नहुने घोषणा गरेका छन्।

Tata
GBIME
NLIC

यस पटक दिपावलीमा १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ। प्राधिकरणमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले भने 'हामीले अनुमानित माग भन्दा धेरै खर्च भएमा पनि धान्न सक्ने वातावरण निर्माण गरेका छौ'।

गत वर्षको भन्दा यस वर्ष सप्लाइ बढाएको घिसिङले जानकारी दिए। 'कतै कतै प्रविधिक समस्याले बत्ती जान सक्छ अन्यथा सप्लाइ कम भएर लोडसेडिङ हुने स्थितिमा हामी छैनौ' उनले दावी गरे।

उनका अनुसार बिद्युत आपूर्ति नभएर  तिहार नराम्रो हुने अवस्था छैन।  यस वर्ष कुलेखानीको पानीले  साथ दिएको हुँदा गएका वर्षमा भन्दा धेरै पानी जम्मा भएकोले पनि लोडसेडिङ नहुने उनको भनाई छ।