काठमाडौं । गुल्मी र सोसल विकास बैंकलाई मर्ज गर्न सेयर कारोवार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर सोमवारबाट खुलेको छ । मर्जपछिको बैंकको पहिलो कारोवारमै बम्पर वृद्धि प्राप्त भएको छ । सोमवार मात्रै बैंकको कारोवार ९.९५ अंकको वृद्धिसहित ४७५ रुपैयाँ प्रतिकित्ता पुग्यो । मर्जका लागि कारोवार बन्द हुँदा बैंकको ४३२ रुपैयाँमा कारोवार बन्द भएको थियो । मर्ज अघि गुल्मी विकास बैंकको सेयर भने प्रतिकित्ता १४१ मा कारोवार भएको थियो भने सोसल नेपाल स्टकमा सूचिकृत नभएको कम्पनी थियो
.JPG)
फाइल फोटो
गुल्मी बैंक ग्लोबलसँग ५० प्रतिशतमा र सोसल विकास बैंक ४० प्रतिशत सेयर रेसियोमा मर्ज भएको हो । सोमवारको सेयर कारोवार अनुपातले गुल्मी र सोसल दुवै बैंकका सेयरधनी मालामाल रहे । सोमवारको कारोवारपछि ग्लोबल बैंक बजार पुँजीकरणका आधारमा सातौं ठूलो बैंक बनेको छ । दुई बैंक मर्ज भए पनि नेपाल स्टकमा गुल्मी र सोसलको सेयर सूचिकरण भैसकेको छैन् ।
Bank |
Listed Shares |
Paid Up Value |
Total Paid Up Value |
Closing Market Price |
Market Capitalization |
Nabil Bank |
24,368,414.00 |
Rs. 100 |
Rs. 2,436,841,400.00 |
Rs. 1895 |
Rs. 46,178,144,530.00 |
Standard Chartered |
18,539,000.00 |
Rs. 100 |
Rs. 1,853,900,000.00 |
Rs. 1912 |
Rs. 35,446,568,000.00 |
Nepal Investment |
37,680,077.00 |
Rs. 100 |
Rs. 3,768,007,700.00 |
Rs. 823 |
Rs. 31,010,703,371.00 |
|
16,011,264.00 |
Rs. 100 |
Rs. 1,601,126,400.00 |
Rs. 1806 |
Rs. 28,916,342,784.00 |
Nepal SBI bank |
23,540,013.00 |
Rs. 100 |
Rs. 2,354,001,300.00 |
Rs. 870 |
Rs. 20,479,811,310.00 |
|
24,000,000.00 |
Rs. 100 |
Rs. 2,400,000,000.00 |
Rs. 743 |
Rs. 17,832,000,000.00 |
Nic Asia Bank |
23,115,520.00 |
Rs. 100 |
Rs. 2,311,552,000.00 |
Rs. 702 |
Rs. 16,227,095,040.00 |
Global IME Bank |
22,525,569.00 |
Rs. 100 |
Rs. 2,252,556,900.00 |
Rs. 475 |
Rs. 10,699,645,275.00 |
मर्जपछि ग्लोबल आईएमईको चुक्ता पुँजी दुई अर्ब ४१ करोड ४१ लाख ३८ हजार पुगेको छ । दुई करोड ४१ लाख ४१ हजार कित्ता सेयरको आधारमा सोमवारको बजार मूल्यमा बजार पुँजीकरण ११ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ । ग्लोबल मात्रैको सेयरका आधारमा सोमवार बजार पुँजीकरण १० अर्ब ६९ करोड रुपैयाँ छ । ग्लोबलभन्दा माथि एनआईसि एशिया बैंकको बजार पुँजीकरण १६ अर्ब २२ करोड रुपैयाँ छ । दुई बैंक मर्जपछि एनआईसी एशियाले ग्लोबल बैंकलाई पछि पारेको हो । बजार पुँजीकरणका आधारमा मात्रै ग्लोबल देशको सातौं ठूलो बैंक बनेको छ । बजार पुँजीकरणका आधारमा अहिले सबैभन्दा ठूलो बैंक नविल हो, नविलको बजार पुँजीकरण ४६ अर्ब रुपैयाँ छ ।
नेप्से करेक्सन
सोमवार नेप्से सूचक ५.६८ अंकले तल झरेको छ, बजारका विश्लेषकहरुले यसलाई नेप्सेको करेक्सन भनेका छन् । अघिल्लो साता नेप्सेमा ठूलो वृद्धि भएको थियो । सोमवार अधिकांश सूचक तल झरे । बैंक समूहको सूचक ४.९७ अंक, होटल ०.३८ अंक, विकास बैंक १.३६ अंक, जलविद्युत समूह ३०.४९ अंक, फाइनान्स १.३८, इन्सुरेन्स २८.९५ अंक र अन्य समूहको सूचक ५.८७ अंकले तल झर्यो ।
सोमवार एलायन्स इनसुरेन्सको सेयर १४ रुपैयाँ बढेर १५८ मा, एशियन लाइफ इन्सुरेन्स ११ रुपैयाँ घटेर २७४ मा कारोवार भयो । त्यसैगरी बुटवल पावरको सेयर भने ३५ रुपैयाँ घटेर ८८२ मा ओर्लियो । छिमे लघुवित्त विकास बैंक पनि १० रुपैयाँ घटेर ४९५ मा कारोवार भयो ।
चिलिमेको सेयर ३० रुपैयाँ घटेर १३८५ मा, नागरिक लगानी कोष २९ रुपैयाँ घटेर १४२१ मा, डिप्रोक्स विकास बैंक १८ रुपैयाँ घटेर ४७० मा कारोवार भयो । त्यसैगरी एक्सेल विकास बैंकको सेयर १० रुपैयाँ घटेर २५० मा, एभरेष्ट इन्सुरेन्सको १२ रुपैयाँ घटेर २१२ मा कारोवार भयो ।
फष्ट माइक्रो फाइनान्सको सेयर भने २२ रुपैयाँ बढेर २४७ मा, कुमारी बैंकको १६ रुपैयाँ घटेर ३०० मा, लाइफ इन्सुरेन्सको ३० रुपैयाँ घटेर १५८० मा, माछापुच्छ्रे बैंकको ११ रुपैयाँ घटेर २०७ मा कारोवार भयो ।
सोमवार नबिल बैंकको २० रुपैयाँ घटेर १८९५ मा, नेपाल इन्भेष्टमेन्ट बैंकको १८ रुपैयाँ घटेर ८२३ मा, नेरुडे लघुवित्त विकास बैंकको ११ रुपैयाँ बढेर ४६० मा, एनएलजी इन्सुरेन्सको १० रुपैयाँ घटेर ४३० मा, नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७८ रुपैयाँ घटेर १६६२ मा, नेशनल लाइफ इन्सुरेन्सको २५ रुपैयाँ घटेर ७७५ मा कारोवार भयो । प्राइम लाइफको १५ रुपैयाँ घटेर २७५ मा, सानिमा बैंकको १० रुपैयाँ घटेर २५० मा, सिद्धार्थ बैंकको १० रुपैयाँ घटेर ३३८ मा कारोवार भयो । सगरमाथा इनसुरेन्सको २३ रुपैयाँ बढेर ७३९ मा, शिखर इन्सुरेन्सको १७ रुपैयाँ घटेर ४७५ मा कारोवार भयो ।
कारोवार पनि घट्यो
सोमवार नेप्से घटेसँगै कारोवार पनि घटेको छ । स्टकमा दश करोड ५८ लाख रुपैयाँको सेयर कारोवार भयो । यो रकममा तीन लाख ८६ हजार कित्ता सेयरको कारोवार भयो भने यो कारोवार १७ सय कारोवारबाट भएको हो ।