BIZMANDU
www.bizmandu.com

पोखरामा एउटा शाखा बन्द गर्दै चार्टड बैंक, सम्पत्ति घटाउने रणनीति, लेकसाइडको भवन बेच्ने

२०७० साउन २१

पोखरामा एउटा शाखा बन्द गर्दै चार्टड बैंक, सम्पत्ति घटाउने रणनीति, लेकसाइडको भवन बेच्ने
पोखरामा एउटा शाखा बन्द गर्दै चार्टड बैंक, सम्पत्ति घटाउने रणनीति, लेकसाइडको भवन बेच्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पोखराको आफ्नो एउटा शाखा बन्द गर्ने भएको छ । बैंकले पोखराको लेक साइडमा भएको आफ्नो शाखालाई न्युरोडमै गाभ्ने तयारी गरेको हो । केही समयभित्रै बैंकले पोखरामा रहेका दुई शाखालाई एउटामा सीमित गर्ने, बैंक स्रोतले जानकारी दियो ।
मुलुकभर स्ट्याण्डर्ड चार्टड बैंकका हाल १५ शाखा छन् । एउटा घटाएपछि शाखाको संख्या १४ मा सीमित हुनेछ । बैंकले चार एक्सटेन्सन काउण्टरबाट सेवा दिंदै आएको छ । बैंकका पोखरामा मात्रै दुई एक्सटेन्सन काउण्टर छन् । पोखरामा एउटा ब्रिटिस गोर्खाको पेन्सन कार्यालय र फुलवारीको मनिपाल अस्पतालमा एक्सटेन्सन काउण्टर छ ।

अन्य वाणिज्य बैंकहरु शाखा विस्तारको दौडमा छन् तर चार्टड बैंकले भने सहरी क्षेत्रकै शाखा घटाउने तयारी गरेको हो । देशमा पछि खुलेका केही बाणिज्य बैंकवाहेक शाखा सञ्जाल कम हुने चार्टड बैंक एक्लो हो । शाखा बन्द गर्ने भएपछि बैंक व्यवस्थापनले लेक साइडमा रहेको भवन विक्रीको तयारी पनि गरिसकेको छ । बैंकले बैदाम लेकसाइडमा रहेको १० आना एक दामको जग्गा र चार हजार ११२ वर्ग फिटको घर विक्री गर्न लागेको हो । बैंकको स्वामित्वमा रहेको यो घरमा बेसमेन्ट, भूईतल्ला र पहिलो तल्ला गरी तीन तला छ । बैंकले बोलपत्र बुझाउने अन्तिम मिति भदौ ४ गतेका लागि तोकेको छ ।
बैंकले लेकसाइडको भवन विक्री गरेपछि दुईमध्ये एक शाखाको सम्पत्ती समेत विक्री गर्ने छ, सम्पत्ती विक्रीपछि पोखरामा एउटा मात्रै शाखा सञ्चालन हुन्छ । त्यसैले एउटा शाखाको सम्पत्ति विक्री गर्न लागिएको हो, बैंक स्रोतले भन्यो ।’ बैंकले शाखा घटाउन लागेको यो पहिलो पटक हो । स्ट्याण्डर्ड चार्टर्ड बहुराष्ट्रिय कम्पनी हो । नेपालको ठूला बैंकमा पर्ने यसको नाफा वार्षिक एक अर्ब भन्दा बढी छ । बजार पुजीकरणको आधारमा बैंक प्रमुख पाँच ठूला कम्पनी भित्र पर्छ ।
बैंकले स्थिर सम्पत्ति घटाउने रणनीति बनाएको छ । यस्तो सम्पत्तिबाट बैंकलाई लाभ कम हुने भएकाले घटाउने रणनीति बनाइएको हो । पछिल्लो अवधिमा धेरै बाणिज्य बैंकहरुको स्थिर सम्पत्ति बढ्दो क्रममा छ । लिलामी नभएको सम्पत्ति बैकले सकार्नुपर्दा यस्तो सम्पत्ति बढेको हो ।

Tata
GBIME
Nepal Life

सोसल र गुल्मीसँग मर्जपछि नेपाल स्टकमा फर्कियो ग्लोबल, दश प्रतिशतले सेयर बढ्यो :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

सोसल र गुल्मीसँग मर्जपछि नेपाल स्टकमा फर्कियो ग्लोबल, दश प्रतिशतले सेयर बढ्यो

२०७० साउन २१

सोसल र गुल्मीसँग मर्जपछि नेपाल स्टकमा फर्कियो ग्लोबल, दश प्रतिशतले सेयर बढ्यो
सोसल र गुल्मीसँग मर्जपछि नेपाल स्टकमा फर्कियो ग्लोबल, दश प्रतिशतले सेयर बढ्यो

काठमाडौं । गुल्मी र सोसल विकास बैंकलाई मर्ज गर्न सेयर कारोवार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर सोमवारबाट खुलेको छ । मर्जपछिको बैंकको पहिलो कारोवारमै बम्पर वृद्धि प्राप्त भएको छ ।  सोमवार मात्रै बैंकको कारोवार ९.९५ अंकको वृद्धिसहित ४७५ रुपैयाँ प्रतिकित्ता पुग्यो । मर्जका लागि कारोवार बन्द हुँदा बैंकको ४३२ रुपैयाँमा कारोवार बन्द भएको थियो । मर्ज अघि गुल्मी विकास बैंकको सेयर भने प्रतिकित्ता १४१ मा कारोवार भएको थियो भने सोसल नेपाल स्टकमा सूचिकृत नभएको कम्पनी थियो

Tata
GBIME
Nepal Life
 फाइल फोटो

गुल्मी बैंक ग्लोबलसँग ५० प्रतिशतमा र सोसल विकास बैंक ४० प्रतिशत सेयर रेसियोमा मर्ज भएको हो । सोमवारको सेयर कारोवार अनुपातले गुल्मी र सोसल दुवै बैंकका सेयरधनी मालामाल रहे । सोमवारको कारोवारपछि ग्लोबल बैंक बजार पुँजीकरणका आधारमा सातौं ठूलो बैंक बनेको छ । दुई बैंक मर्ज भए पनि नेपाल स्टकमा गुल्मी र सोसलको सेयर सूचिकरण भैसकेको छैन् ।

Bank Listed Shares Paid Up Value Total Paid Up Value Closing Market Price Market Capitalization
Nabil Bank 24,368,414.00 Rs. 100 Rs. 2,436,841,400.00 Rs. 1895 Rs. 46,178,144,530.00
Standard Chartered  18,539,000.00 Rs. 100 Rs. 1,853,900,000.00 Rs. 1912 Rs. 35,446,568,000.00
Nepal Investment  37,680,077.00 Rs. 100 Rs. 3,768,007,700.00 Rs. 823 Rs. 31,010,703,371.00
verest Bank 
16,011,264.00 Rs. 100 Rs. 1,601,126,400.00 Rs. 1806 Rs. 28,916,342,784.00
Nepal SBI bank 23,540,013.00 Rs. 100 Rs. 2,354,001,300.00 Rs. 870 Rs. 20,479,811,310.00
imalayan Bank
24,000,000.00 Rs. 100 Rs. 2,400,000,000.00 Rs. 743 Rs. 17,832,000,000.00
Nic Asia Bank 23,115,520.00 Rs. 100 Rs. 2,311,552,000.00 Rs. 702 Rs. 16,227,095,040.00
Global IME Bank  22,525,569.00 Rs. 100 Rs. 2,252,556,900.00 Rs. 475 Rs. 10,699,645,275.00

मर्जपछि ग्लोबल आईएमईको चुक्ता पुँजी दुई अर्ब ४१ करोड ४१ लाख ३८ हजार पुगेको छ । दुई करोड ४१ लाख ४१ हजार कित्ता सेयरको आधारमा सोमवारको बजार मूल्यमा बजार पुँजीकरण ११ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ । ग्लोबल मात्रैको सेयरका आधारमा सोमवार बजार पुँजीकरण १० अर्ब ६९ करोड रुपैयाँ छ । ग्लोबलभन्दा माथि एनआईसि एशिया बैंकको बजार पुँजीकरण १६ अर्ब २२ करोड रुपैयाँ छ । दुई बैंक मर्जपछि एनआईसी एशियाले ग्लोबल बैंकलाई पछि पारेको हो । बजार पुँजीकरणका आधारमा मात्रै ग्लोबल देशको सातौं ठूलो बैंक बनेको छ । बजार पुँजीकरणका आधारमा अहिले सबैभन्दा ठूलो बैंक नविल हो, नविलको बजार पुँजीकरण ४६ अर्ब रुपैयाँ छ  ।
नेप्से करेक्सन
सोमवार नेप्से सूचक ५.६८ अंकले तल झरेको छ, बजारका विश्लेषकहरुले यसलाई नेप्सेको करेक्सन भनेका छन् । अघिल्लो साता नेप्सेमा ठूलो वृद्धि भएको थियो । सोमवार अधिकांश सूचक तल झरे । बैंक समूहको सूचक ४.९७ अंक, होटल ०.३८ अंक, विकास बैंक १.३६ अंक, जलविद्युत समूह ३०.४९ अंक, फाइनान्स १.३८, इन्सुरेन्स २८.९५ अंक र अन्य समूहको सूचक ५.८७ अंकले तल झर्यो ।
सोमवार एलायन्स इनसुरेन्सको सेयर १४ रुपैयाँ बढेर १५८ मा, एशियन लाइफ इन्सुरेन्स ११ रुपैयाँ घटेर २७४ मा कारोवार भयो । त्यसैगरी बुटवल पावरको सेयर भने ३५ रुपैयाँ घटेर ८८२ मा ओर्लियो । छिमे लघुवित्त विकास बैंक पनि १० रुपैयाँ घटेर ४९५ मा कारोवार भयो ।
चिलिमेको सेयर ३० रुपैयाँ घटेर १३८५ मा, नागरिक लगानी कोष २९ रुपैयाँ घटेर १४२१ मा, डिप्रोक्स विकास बैंक १८ रुपैयाँ घटेर ४७० मा कारोवार भयो । त्यसैगरी एक्सेल विकास बैंकको सेयर १० रुपैयाँ घटेर २५० मा, एभरेष्ट इन्सुरेन्सको १२ रुपैयाँ घटेर २१२ मा कारोवार भयो ।
फष्ट माइक्रो फाइनान्सको सेयर भने २२ रुपैयाँ बढेर २४७ मा, कुमारी बैंकको १६ रुपैयाँ घटेर ३०० मा, लाइफ इन्सुरेन्सको ३० रुपैयाँ घटेर १५८० मा, माछापुच्छ्रे बैंकको ११ रुपैयाँ घटेर २०७ मा कारोवार भयो ।
सोमवार नबिल बैंकको २० रुपैयाँ घटेर १८९५ मा, नेपाल इन्भेष्टमेन्ट बैंकको १८ रुपैयाँ घटेर ८२३ मा, नेरुडे लघुवित्त विकास बैंकको ११ रुपैयाँ बढेर ४६० मा, एनएलजी इन्सुरेन्सको १० रुपैयाँ घटेर ४३० मा, नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७८ रुपैयाँ घटेर १६६२ मा, नेशनल लाइफ इन्सुरेन्सको २५ रुपैयाँ घटेर ७७५ मा कारोवार भयो । प्राइम लाइफको १५ रुपैयाँ घटेर २७५ मा, सानिमा बैंकको १० रुपैयाँ घटेर २५० मा, सिद्धार्थ बैंकको १० रुपैयाँ घटेर ३३८ मा कारोवार भयो । सगरमाथा इनसुरेन्सको २३ रुपैयाँ बढेर ७३९ मा, शिखर इन्सुरेन्सको १७ रुपैयाँ घटेर ४७५ मा कारोवार भयो ।
कारोवार पनि घट्यो
सोमवार नेप्से घटेसँगै कारोवार पनि घटेको छ । स्टकमा दश करोड ५८ लाख रुपैयाँको सेयर कारोवार भयो । यो रकममा तीन लाख ८६ हजार कित्ता सेयरको कारोवार भयो भने यो कारोवार १७ सय कारोवारबाट भएको हो ।

एनआईसी, कुमारी, एनएमबी, सिद्धार्थ, सानिमाको १९ प्रतिसत सस्थापक सेयर सर्वसाधारणमा :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

एनआईसी, कुमारी, एनएमबी, सिद्धार्थ, सानिमाको १९ प्रतिसत सस्थापक सेयर सर्वसाधारणमा

२०७० साउन २१

सरोज काफ्ले/बिजमाण्डू
काठमाडौं । ठूला ६ वटा बाणिज्य बैंकले सेयर संरचना परिवर्तन गरेका छन् । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्स(नेप्से)ले छ बाणिज्य बैंकको सेयर संरचना परिवर्तन गरिदिएको हो । गत बैशाख अन्तिमबाट असारसम्मको अवधिमा स्टक एक्सचेन्जबाट बैंकहरुले सेयरको समूह परिवर्तन गराएका हुन् ।
बैक अफ एशिया, एनआइसी, कुमारी, एनएमबी, सिद्धार्थ र सानिमा बैंकले संरचना परिवर्तन गराएका हुन् । बैंक अफ एशिया र एनआईसी एक आपसमा गाभिइसकेका छन् । बैशाखदेखि असारसम्म गरिएको संरचना परिवर्तनको जानकारी नेप्सेले सोमबार मात्रै ब्रोकर एशोसिएसनलाई दिएको छ ।

यी बैंकहरुले सस्थापक समूहमा रहेको मध्ये १९ प्रतिसत सेयरलाई सर्वसाधारण समूहमा परिर्वतन गरेका हुन् । लगानीकर्ताले चाहेमा यो सेयर ब्रोकर मार्फत दोस्रो बजारमा कारोबार गराउन पाउने छन् । धितोपत्र बोर्डले गत वैशाखमा सस्थापक समूहमा रहेको मध्ये १९ प्रतिसत सेयर आब्हान पत्र विना नै ब्रोकरमार्फत दोस्रो बजारमा किनबेच गर्न सक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले पाँच वर्ष अघि नै यसका लागि बाटो खोलिएको थियो ।
बजारलाई प्रभाव पार्ने सूचना लुकाएको भन्दै स्टक ब्रोकर एशोसिएसनले आपत्ति जनाएको छ । ब्रोकरहरुको प्रतिनिधि मण्डलले नेप्सेका अधिकारीलाई भेटेर सोमबार नै सूचना लुकाएको भन्दै आपत्ति जनाएका हुन् । ‘संवेदनशील सूचनाहरु सयममै उपलब्ध गराइदिनु पर्छ भन्ने हाम्रो माग हो’, ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष अन्जनराज पौडेलले विजमाण्डूसँग भने, ‘यस्ता सूचनाले बजारलाई तत्काल असर गर्छ । सूचना नदिंदा बजारमा चलखेल हुन सक्छ ।’
सेयर संरचना परिवर्तनको पत्र ब्रोकरको कार्यलयमा प्राप्त हुनासाथ सेयर बजार ओरालो लाग्न थालेको थियो । केही समयदेखि संरचना परिवर्तन गर्ने बैंकहरुको सेयर कारोबार निकै ठूलो परिमाणमा भइरहेको थियो । यसले पनि चलखेलको आशंका बढाएको हो । सूचना समयमै दिन खोजिएको तर प्राविधिक त्रुटिका कारण संभव नभएको नेप्सेका उच्च अधिकारीले बताएका छन् । ब्रोकरको टोलीलाई पनि फ्याक्सबाट सूचना पठाएको तर रिसिभ नहुदा संभव नभएको नेप्सेका अधिकारीहरुले बताएका थिए ।
नेप्से सूचक तल झर्यो
सोमवार नेप्से सूचक ५.६८ अंकले तल झरेको छ । अघिल्लो साता नेप्सेमा ठूलो वृद्धि भएको थियो । सोमवार अधिकांश सूचक तल झरे । बैंक समूहको सूचक ४.९७ अंक, होटल ०.३८ अंक, विकास बैंक १.३६ अंक, जलविद्युत समूह ३०.४९ अंक, फाइनान्स १.३८, इन्सुरेन्स २८.९५ अंक र अन्य समूहको सूचक ५.८७ अंकले तल झर्यो ।