सानिमाको बल्क सेयरको कारोवार, झण्डै एक प्रतिशत सेयर चार करोड ७६ लाखमा विक्री

बिजमाण्डू
२०६९ माघ १ गते ००:०० | Jan 14, 2013

काठमाडौं । सानिमा बैंकमा १३ औं ठूलो शेयरधनी इन्दिरा भण्डारीले आफनो ०.८८ प्रतिशत शेयर विक्री गरेकी छन् । आइतवार दुईवटा कारोवारबाट उनले एक लाख ७६ हजार ४१० कित्ता सेयर विक्री गरेकी हुन् । आइतवार ब्रोकर नम्वर २८ ले यो सेयरको आन्तरिक कारोवार गरेको हो । एउटा कारोवारबाट एक लाख पाँच हजार ८४० कित्ता सेयर र अर्को कारोवारबाट ७० हजार ५७० कित्ता सेयर विक्री भएको हो । यी दुई सेयरको विक्रीबाट भण्डारीले चार करोड ७६ लाख ३० हजार रुपैयाँ प्राप्त गरेकी थिइन् ।
सानिमाको दुवै कारोवार प्रतिकित्ता २७० रुपैयाँमा भएको हो । दोस्रो त्रैमासको अन्तिम दिन पुस मसान्तका दिन भएको यो कारोवार बैंक तथा वित्त संस्थाको ऋण तिर्न गरिएको अनुमान गरिएको छ । सानिमामा सबैभन्दा बढी अरुणकुमार ओझाको २८ लाख २२ हजार, टेकराज निरौलाको १७ लाख ३५ हजार, जीवनाथ लामिछानेको १२ लाख ६० हजार कित्ता सेयर छ । भण्डारी सानिमा १३ औं ठूलो सेयरधनी थिइन् ।

Tata
GBIME
Nepal Life