
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापन सम्वन्धी डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) मागेको छ । न्यायाधीश दामोदरप्रसाद शर्मा, सुशीला कार्की र कमलनारायण दासको विशेष इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा यस्तो आदेश जारी गर्दै रिटलाई आगामी साउन ११ गते सुनुवाइ गर्ने मिति तेाकेकेा छ ।
विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनकेा जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएकेा थियेा । यसअघि हिजो र आज भएको बहसमा सरकारपक्षका कानुन व्यवसायीले डिपीआर तयार नभएको र रिट निवेदक पक्षका कानुन व्यवसायीले डिपीआर तयार भइसकेको जिकीर गरेका थिए ।
सरकारले देशको हितविपरीत कानुन मिचेर भारतीय कम्पनी आइएल एन्ड एफएसलाई विमानस्थलको व्यवस्थापन सुम्पन गरेको समझदारी बदर गर्न माग गरिएकेा थियेा । अधिवक्तात्रय श्रीप्रसाद पण्डित, कृष्णप्रसाद भट्टराई र भूपाल बस्नेतले अघिल्लो साता संयुक्तरूपमा रिट दायर गरेका थिए ।