BIZMANDU
www.bizmandu.com

सर्वोच्चले विमानस्थलको डिपिआर माग्यो, अर्को सुनुवाई साउन ११ मा

२०६९ असार २८

सर्वोच्चले विमानस्थलको डिपिआर माग्यो, अर्को सुनुवाई साउन ११ मा
सर्वोच्चले विमानस्थलको डिपिआर माग्यो, अर्को सुनुवाई साउन ११ मा


काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापन सम्वन्धी डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) मागेको छ । न्यायाधीश दामोदरप्रसाद शर्मा, सुशीला कार्की र कमलनारायण दासको विशेष इजलासले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा यस्तो आदेश जारी गर्दै रिटलाई आगामी साउन ११ गते सुनुवाइ गर्ने मिति तेाकेकेा छ ।
विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनकेा जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएकेा थियेा । यसअघि हिजो र आज भएको बहसमा सरकारपक्षका कानुन व्यवसायीले डिपीआर तयार नभएको  र रिट निवेदक पक्षका कानुन व्यवसायीले डिपीआर तयार भइसकेको जिकीर गरेका थिए ।
सरकारले देशको हितविपरीत कानुन मिचेर भारतीय कम्पनी आइएल एन्ड एफएसलाई विमानस्थलको व्यवस्थापन सुम्पन गरेको समझदारी बदर गर्न माग गरिएकेा थियेा । अधिवक्तात्रय श्रीप्रसाद पण्डित, कृष्णप्रसाद भट्टराई र भूपाल बस्नेतले अघिल्लो साता संयुक्तरूपमा रिट दायर गरेका थिए ।

Tata
GBIME
NLIC