सिजीको ‘दसै होस् त यस्तो’ अफरको विजेता घोषित, तीन जनालाइ थ्रिडी टिभी

बिजमाण्डू
२०६९ मंसिर ३० गते ००:०० | Dec 15, 2012

काठमाडौ । नेपालमा एलजी सामाग्रीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले दसैको अवसरमा ल्याएको ‘दसै होस् त यस्तो’ अफरअन्तर्गत तीन जनाले एलजी थ्रिडी टेलिभिजन पाएका छन् । लक्की ड्रमार्फत कपिन्द्रबहादुर खतिवडा, गोपी पाण्डे र शैला मित्रले एलजीको थ्रिडी टेलिभिजन पाएका हुन् । उनीहरुले एलजीको नयाँ वानेश्वरमा रहेको लाइफ स्टाइल सोपिङ सेन्टरबाट एलजी सामाग्री किनेका थिए । विजेतालाई कम्पनीका मुख्य बजार व्यवस्थापक पुरुषोत्तम भण्डारीले एलडी थ्रिडी टेलिभिजन हस्तान्तरण गरेका थिए । कम्पनीले एलजीका विभिन्न उत्पादन खरिदमा पेन ड्राइभ, आइरन लगायत सामाग्री उपहारस्वरुप उपभोक्तालाई उपलब्ध गराएको थियो ।

Tata
GBIME
Nepal Life