
काठमाडौं । भारतमा सस्तो कार मानिएको नानो कार साढे दुई लाख डाउन पेमेन्टमा किन्न सकिने योजना ल्याएको छ । यो योजना डिसेम्बर ३०सम्मको लागि मात्रै हो । एक वर्षअघि बिक्री सुरु गरेको नानोको बिक्री सुस्त भएपछि नयाँ योजना ल्याएको स्रोतले बतायो । ‘सुरुवातमा धेरै बुकिङ भएपनि कमैले लिए । यो कारको बिक्री बढाउन नयाँ योजना ल्याइएको हो,’ सिप्रदी ट्रेडिङका एक कर्मचारीले भने ।