सिभिलको ८० करोडको सेयर मंसिर २५ बाट, सेयर सम्वन्धि सचेतना जगाउन शहरहरुमा अन्र्तक्रिया

बिजमाण्डू
२०६९ मंसिर ११ गते ००:०० | Nov 26, 2012
सिभिलको ८० करोडको सेयर मंसिर २५ बाट, सेयर सम्वन्धि सचेतना जगाउन शहरहरुमा अन्र्तक्रिया

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वसाधारणमा सेयर जारि गर्नुअघि देशका विभिन्न शहरमा लगानीकर्तासँग अन्तर्कृया सुरु गरेको छ । बैंकले यसको सुरुवात पोखराबाट सुरु गरेको छ । बैंकले विराटनगर, वीरगञ्ज, भैरहवालगायतका शहरहरुमा पनि अन्तक्र्रिया आयोजना गर्दै छ । बैंकले आगामी २५ गते सर्वसाधारणका लागि ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर जारी गर्दै छ । बैंकले सैर्वसाधारणका लागि ४० प्रतिशत सेयर छुट्याएको थियो । सेयर जारिसँगै बैंकको चुक्ता पुँजी २ अर्ब पुग्ने छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सम्ममा ३ करोड ५६ लाख रुपैंया संचालन मुनाफा आर्जन गरेको छ । बैंकले यो अवधिमा १० अर्ब ३३ करोड रुपैंया निक्षेप संकलन गरि ९ अर्ब २४ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकको शेयर निष्काशनका लागि बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष, एनसिएम क्यापिटल मार्केट्स, एस क्यापिटल मार्केट्स र नविल इन्भेष्मेन्टलाई नियुक्त गरिएको छ । बैंकका २२ शाखा कार्यालयहरु छन् ।

Tata
GBIME
Nepal Life