
काठमाडौ । बजेट एयरलाइन्स एयर एसियाले अनलाइनबाट टिकट बुकिङ सुरु गरेको छ । काठमाडौ –क्वालालम्पुर रुटमा एक साताअघि उडान थालेको एयरलाइन्सले मंगलबारदेखि अनलाइन बुकिङ सुरु गरेको हो । काठमाडौ –क्वालालम्पुरका सिमित आधिकारिक एजेन्सीमार्फत टिकट बिक्री हुँदै आएको थियो ।
कम्पनीले ११ हजार रुपैयाँमै(३ सय ९९ रिंगिट)को एकतर्फी भाडा उपलब्ध गराउँदै आएको छ । एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान रानीले यो रुटमा पर्यटनको सम्भावना देखेर अनलाइन बुकिङ सुरु गरेको बताए । एयर एसियाका नेपालस्थित जनरल सेल्स एजेन्ट इन्सेन्टिभ टुर्स एन्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले अनलाइन बुकिङले मलेसिया हुँदै जापान, अस्ट्रेलिया, कोरिया लगायतका मुलुक जाने र त्यहाँबाट नेपाल आउने यात्रुलई सहज हुने दावी गरे ।