BIZMANDU
www.bizmandu.com

सेवा सुरु गरेको सातापछि नयाँ सुविधा, एअर एशियाको अनलाइनबाट टिकट

२०६९ असार २७

सेवा सुरु गरेको सातापछि नयाँ सुविधा, एअर एशियाको अनलाइनबाट टिकट
सेवा सुरु गरेको सातापछि नयाँ सुविधा, एअर एशियाको अनलाइनबाट टिकट


काठमाडौ । बजेट एयरलाइन्स एयर एसियाले अनलाइनबाट टिकट बुकिङ सुरु गरेको छ । काठमाडौ –क्वालालम्पुर रुटमा एक साताअघि उडान थालेको एयरलाइन्सले मंगलबारदेखि अनलाइन बुकिङ सुरु गरेको हो ।  काठमाडौ –क्वालालम्पुरका सिमित आधिकारिक एजेन्सीमार्फत टिकट बिक्री हुँदै आएको थियो ।
कम्पनीले ११ हजार रुपैयाँमै(३ सय ९९ रिंगिट)को एकतर्फी भाडा उपलब्ध गराउँदै आएको छ ।  एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान रानीले यो रुटमा पर्यटनको सम्भावना देखेर अनलाइन बुकिङ सुरु गरेको बताए । एयर एसियाका नेपालस्थित जनरल सेल्स एजेन्ट इन्सेन्टिभ टुर्स एन्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले अनलाइन बुकिङले मलेसिया हुँदै जापान, अस्ट्रेलिया, कोरिया लगायतका मुलुक जाने र त्यहाँबाट नेपाल आउने यात्रुलई सहज हुने दावी गरे ।

Tata
GBIME
NLIC