
काठमाडौं । आगामी शुक्रवार र शनिवार होटल र्याडिसनमा अक्टोबर फेष्ट आयोजना हुने भएको छ । जर्मनीमा मनाइने अक्टोवर फेष्ट नेपालमा पहिलो पटक मनाउन थालिएको हो । फेष्टमा होटलका मास्टर सेफले विशेष प्रकारको जर्मनी परिकार बनाउने छन ।
एक हजार तीन सय रुपैयाको प्रवेश शुल्क रहेको फेष्टमा जर्मनी परिकारसँगै ग्राहकले चाहेजति काल्सबर्ग वियर खान सक्ने होटलले जनाएको छ । जर्मनीमा अक्टोबरको पहिलो सातादेखि मनाइने. उक्त फेष्ट जर्मनको चर्चित फेष्ट हो ।
उता होटल साँग्रिलामा ‘गार्डेन पाभिलियन‘ नाम गरेको नयाँ हल निर्माण गरिएको छ । करिब दुई करोड बराबरको लगानीमा निर्माण गरिएको हल विभिन्न सामाजिक कार्य तालीम उत्सव लगायतका कार्यक्रमको आयोजनाको लागि उपयुक्त हुने होटलले जनाएको छ । पाँच सयसम्म अटने क्षमता रहेको भवन दुई हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा रहेको छ ।