BIZMANDU
www.bizmandu.com

होटल र्याडिसनमा अक्टोबर फेष्ट, एक हजार तीन सयमा चाहेजति काल्सवर्ग

२०६९ असोज २२

होटल र्याडिसनमा अक्टोबर फेष्ट, एक हजार तीन सयमा चाहेजति काल्सवर्ग
होटल र्याडिसनमा अक्टोबर फेष्ट, एक हजार तीन सयमा चाहेजति काल्सवर्ग

काठमाडौं । आगामी  शुक्रवार र शनिवार होटल र्याडिसनमा अक्टोबर फेष्ट आयोजना हुने भएको छ ।  जर्मनीमा मनाइने अक्टोवर फेष्ट नेपालमा पहिलो पटक मनाउन थालिएको हो । फेष्टमा  होटलका मास्टर सेफले  विशेष प्रकारको जर्मनी  परिकार बनाउने छन ।
एक हजार तीन सय रुपैयाको प्रवेश शुल्क रहेको फेष्टमा जर्मनी परिकारसँगै ग्राहकले चाहेजति काल्सबर्ग वियर खान सक्ने होटलले जनाएको छ । जर्मनीमा अक्टोबरको पहिलो सातादेखि मनाइने. उक्त फेष्ट जर्मनको चर्चित फेष्ट हो ।
उता होटल साँग्रिलामा ‘गार्डेन पाभिलियन‘ नाम गरेको नयाँ हल निर्माण गरिएको छ । करिब दुई करोड बराबरको लगानीमा निर्माण गरिएको हल विभिन्न सामाजिक कार्य तालीम उत्सव लगायतका कार्यक्रमको आयोजनाको लागि उपयुक्त हुने होटलले जनाएको छ । पाँच सयसम्म अटने क्षमता रहेको भवन दुई हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा रहेको छ ।

Tata
GBIME
Nepal Life