कतार एयरवेज संसारकै भरपर्दो, यी हुन् संसारका १० भरपर्दा एअरलाइन्स

बिजमाण्डू
२०७२ बैशाख २ गते ००:०० | Apr 15, 2015
कतार एयरवेज संसारकै भरपर्दो, यी हुन् संसारका १० भरपर्दा एअरलाइन्स


काठमाडौं । सिबिएस मनिवाचले कतार एयरवेजलाई संसारकै सबैभन्दा भरपर्दो एअरलाइन्सको एक नम्बर सुचीमा राखेको छ। १ सय ४४ भन्दा बढी ठाउँमा उडान भर्ने कतार एअरवेजको 'अन टाइम प्रतिशत'(तोकेको समयमा उडने) ८२ दशमलब ८ रहेको छ। सिबिएसका अनुसार कतार एअरवेजका जहाजहरु औसतमा साढे वर्ष उडेका छन्। यसको मतलब कतार एअरवेजका जहाज आधुनिक र आरामदायी रहेका छन्। 

कतार एअरवेजले भर्खरै मात्र अन्तर्राष्ट्रिय एअरलाइन्स समुहको ९ दशमलव ९९ प्रतिशत सेयर किनेको छ। यो ब्रिटिश एअरवेजको माउ कम्पनी हो। यो सेयर खरिदले कतार एअरवेजलाई युरोप छिर्न सजिलो हुने विश्वास गरिएको छ। दोहा आधार रहेको कतार एअरवेजले बिजिनेस र फर्स्ट क्लास टिकटमा जियोर्जियो अर्मानी किट उपलब्ध गराउने गर्छ जसमा सेन्ट, इअरप्लग, आँखामा लगाउने पट्टी, मोजा र क्रीम हुन्छन्।

Tata
GBIME
NLIC

२. इमिरेट्स

सिबिएसका अनुसार दोस्रो भरपर्दो एअरलाइन्स इमिरेट्स एअरलाइन्स हो। दोहा आधार रहेको यो एअरलाइन्सका बारेमा अन्तर्राष्ट्रिय बिजिनेस टाइम्सले लेखेको छ, 'इमिरेट्सले अरु सबै एअरलाइन्सको 'लन्च' खाइरहेको छ।' औसतमा ६ दशमलब ३ वर्ष उडेको यो जहाज कम्पनीको 'अन टाइम प्रतिशत' ७३.९ प्रतिशत छ। १ सय ४२ भन्धा बढी ठाउँमा उडान भर्ने इमिरेट्सको फ्लाइटमा निशुल्क वाईफाई सुविधा छ। यसले यही बर्षदेखि अमेरिकाका १० वटा सहरमा सिधा उडान भर्ने भएको छ। 

३. चाइना इस्टर्न


त्यस्तै भर्पर्दो विमानसेवाको तेस्रो नम्बरमा चाइना इस्टर्न रहेको छ। चीनको सांघाईमा आधार रहेको यो विमानसेवाले सन् २०१४ मा मात्र आफ्नो नाफा प्रतिशत बढाएर ४५ प्रतिशत पुर्‍याएको थियो। यसको अनटाइम प्रतिशत ६२.४ रहेको छ भने यसका विमानको औसत उडान ६ दशमलव ३ वर्ष रहेको छ। यो चीनको घरेलु उडानका लागि प्रख्यात विमानसेवा हो। यसले ३ सयभन्दा बढी ठाउँमा उडान भर्छ।

४. सिंगापुर एअरलाइन्स


६२ बढी ठाउँमा उडान भर्ने सिंगापुर एअरलाइन्स भरपर्दा विमानसेवाको सुचीको चौथो नम्बरमा छ। यसको अन टाइम प्रतिशत ८२ दशमलव ७ रहेको छ। सिंगापुर एअरलाइन्सको 'स्विट क्लास' प्रख्यात मानिन्छ। यसका विमानको औसत उडान वर्ष ७ दशमलव ४ वर्ष रहेको छ।

५. चाइना साउदर्न एअरलाइन्स


चीनका अधिकांश शहर र दक्षिण पूर्वी एशिया उडान भर्ने चाइना साउदर्न एअरलाइन्स विश्वका भरपर्दा विमानसेवाको पाँचौं नम्बरमा रहेको छ। यसले २ सय ७ बढी ठाउँमा उडान भर्छ। यसको अन टाइम प्रतिशत ६८.६ रहेको छ भने यसका विमानको औसत उडान वर्ष ६ दशमलव ४ रहेको छ। गत वर्ष आर्थिक रुपमा संकटमा परेको यो विमानसेवाले यस वर्षको सुरुवातमै राम्रो फाइदा गरेको छ।

६. इथियोपियन एअरलाइन्स


अफ्रिकाको सबैभन्दा ठूलो र सबैभन्दा बढी नाफा कमाउने यो एअरलाइन्सले अफ्रिका र एशियामा छिटो छिटो आफ्नो बजार बढाइरहेको छ। इथियोपिया यतिबेला संसारबाट आफ्नो गरिबी छोप्न व्यापक रुपमा विमानस्थल निर्माण गरेर एअरलाइन्सलाई भरपर्दो बनाउन लागेको छ। १ सय १ बढी ठाउँमा उडान भर्ने इथोपियन एअरलाइन्सका विमान औसतमा ७ वर्ष उडेका छन्। यसको अन टाइम प्रतिशत ७१ रहेको छ।

७. एअर चाइना

सिबिएसको सूचीको सात नम्बरमा चीनको एअर चाइना रहेको छ। चीनका अरु दुई एअरलाइन्स चाइना इस्टर्न र चाइना साउदर्न सँगै यो पनि उत्कृष्ट १० को सूचीभित्र परेको छ। चाइना एअरले १ सय ८५ भण्दा बढी ठाउँमा उडान भर्छ। पछिल्लो समयमा चाइनिजहरु घुम्नमा बढी नै रुची देखाउन थालेका छन् र त्यसको प्रत्यक्ष फाइदा चाइना एअरले लिइरहेको छ। यो एअरलाइन्सकपो अन टाइम प्रतिशत ६९.६ छ भने यसका विमानको औसत उडान ६ वर्षको रहेको छ।

८. ब्रिटिश एअरवेज


अन्तर्राष्ट्रिय विमानसेवा समुहको (आइएजी) भगिनी ब्रिटिश एअरवेज भरपर्दा विमानसेवाको आठौं नम्बरमा छ। आइएजीले पछिल्लो समय मूल्य कटौती गर्दै साना र थोरै सीट क्षमताका जहाजमा आफ्नो ध्यान केन्द्रित गरेको छ। साना जहाजमा आफ्नो ध्यान केन्द्रित गरेपछि बेलायतमा यसको राम्रै आलोचना पनि भयो। यसका जहाजको सीट सानो र साँघुरो भएको भन्दै राम्रै आलोचना पनि भएको थियो। ७० दशमलव ८ प्रतिशत अन टाइम उडान भएको ब्रिटिश एअरवेजले १ सय ८३ भन्दा बढि ठाउँमा उडान भर्छ। यसका विमान औसतमा १२. ५ वर्ष उडेका छन्।

९. साउदी अरेबियन एअरलाइन्स

साउदी अरेबियाको सरकारी विमानसेवा सिबिएसको भरपर्दा विमानसेवाको नवौं नम्बरमा छ। यो विमानसेवाका ६ वटा युनिटलाई साउदी सरकारले सन् २००६ मा पहिलोपटक सर्वसाधरणका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो। कार्टरिङका लागि निष्कासन गरिएको सेयरमा २०१२ मा यसले ३ सय ३७ मिलियन डलर संकलन गरेको थियो। साउदीयाले अहिले यसको मैदान, कार्गो र मेन्टिनेन्स सर्भिसमा प्राथमिक सेयर निस्कासन गर्ने तयारी गरिरहेको छ। साउदीयाले १ सय २६ भन्दा बढी ठाउँमा उडान भर्ने गर्छ। यसका जहाजको औसन उडान वर्ष १० दशमलव १ रहेको छ। 

१०. क्याथे प्यासिफिक

हङकङको विमानसेवा क्याथे प्यासिफिकलाई विमानमा राम्रो खाना खुवाउने विमानसेवाका रुपमा संसारभरी नै प्रशंसा गरिन्छ।  १ सय १२ भन्दा बढी ठाउँमा उडान भर्ने यो विमानसेवाले क्षेत्रीय विमानसेवाका लागि ड्र्यागन एअरलाइन्स उडाउने गर्छ। ६९ प्रतिशत अन टाइम उडान गराउने यो एअरलाइन्सका विमानसेवाका विमानले औसतमा ८.६ वर्ष उडान भरेका छन्।