डलर ८८ नाघ्यो, सुनको मूल्य तोलामा सय बढ्यो, क्रुड आयलको मूल्य घट्यो

बिजमाण्डू
२०६९ असार २२ गते ००:०० | Jul 6, 2012
डलर ८८ नाघ्यो, सुनको मूल्य तोलामा सय बढ्यो, क्रुड आयलको मूल्य घट्यो

काठमाडौं । बिहिवार तोलामा दुई सय रुपैयाँले महँगो भएको सुन शुक्रवार थप एक सय रुपैयाँ महँगो भयो । शुक्रवार र शनिवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले नेपालमा छापावाल सुन प्रतितोला ५६ हजार ६५० रुपैयाँ, तेजावी सुन ५६ हजार तीन सय रुपैयाँ तोकेको छ ।
तर शुक्रवार चाँदी भने किलोमा चार हजार रुपैयाँ सस्तो भएर आठ लाख ७९ हजार रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुन सस्तो भए पनि नेपाली रुपैयाँ डलरको तुलनामा अवमूल्यन भएपछि नेपालमा सुन महँगो भएको हो ।
विहिवारको तुलनामा शुक्रवार डलरको तुलनामा नेपाली मुद्रा एक रुपैयाँले अवमूल्यन भएको थियो । शुक्रवार नेपाल राष्ट्र बैंकले डलरको भाउ ८८ रुपैयाँ ३४ पैसा तोके पनि बाणिज्य बैंकहरुले ७० पैसा बढी ८९ रुपैयाँ १० पैसा तोकेका छन् ।
अन्तराष्ट्रिय बजारमा शुक्रवार सुन प्रति औंसमा दुई डलरले घटेर १६०२ डलरमा कारोवार भयो । डलरको अधिमूल्यन हुन थालेपछि क्रुड आयलको मूल्य पनि घट्न थालेको छ । शुक्रवार क्रुड आयलको मूल्य प्रतिव्यारेल १०० डलरभन्दा तल झ¥यो ।

Tata
GBIME
Nepal Life