
सानोन तेओ
सिंगापुर । सन् २००१ मा टोनी फर्नान्डिस ३७ वर्षका मात्रै थिए, जतिवेला उनले ऋणमा दविएको एयर एशिया खरिद गर्न जम्मा एक रिंगेट खर्च गरेका थिए । बाँकी, उनीहरुले भनेजस्तै उडड्यन इतिहासमा छ ।


आइतवारबाट हराइरहेको विमान
केही समयमै उनले एयर एशियालाई बजेट एयरलाइन्स बनाए, त्यसपछि यसलाई मलेसियाको प्रधान कार्यालयबाट एशियाको सबैभन्दा ठूलो बजेट एयरलाइन्समा मात्रै रुपान्तरण गरेनन् वार्षिक चार करोड यात्रु ओसार पसार गर्ने उत्कृष्ट एयरलाइन्स समेत बनाए ।
मलेसियामा बजेट एयरलाइन्स ल्याएपछि र क्षेत्रीय उड्डयनको मुहार फेरिदिएपछि तानश्री फार्नान्डिस मलेसियाको घर–घरमा चिनिने अनुहार बने । धेरै मलेसियालीले फर्नान्डिसकै कारण पहिलो उडान अनुभव गर्न पाए, किनभने यो सस्तो मूल्यमा उडान भर्दथ्यो । उनले एयरएशियाका लागि ट्यागलाइन समेत बनाए, अब सबै जना उड्न सक्छन् ।
एयर एशियाको सफलताको कथा जारी रह्यो, पहिलो वर्ष नै कम्पनीले आफ्नो चार करोड मलेसियन रिंगेटको ऋणबाट मुक्त भयो । त्यसपछि आइतवारसम्म एयर एशिया प्रगतिको बाटोमा पछि फर्कनु परेको थिएन । तर आइतवार एयर एशियाको ४९ प्रतिशत स्वामित्व भएको इन्डोनेशियन एयर एशियाको एयरबस ३२० विमान १६२ जना यात्रु र चालकदलसहित हराएपछि प्रश्न उठेको छ । के अब पनि एयर एशियाको भविष्य यस्तै रहला ?
विमान हराएको सूचना पाउनासाथ विना कुनै आश्चर्य फार्नान्डिस इन्डोनेशियाको सुरभ्या उडे, जहाँबाट हराइरहेको विमान उडेको थियो । उनी त्यहाँ हराइरहेका यात्रुका परिवारसँग निकट हुन चाहन्थे ।
.jpg)
सन् २०१३ मा उनी टिभि रियालिटी सिरिजमा डोनाल्ड ट्रम्प बने । अमेरिकी टिभि सिरिजमा आधारित द अप्रेन्टिस एशियामा छानिएका उदियमान युवा उद्यमीलाई उनले आफूसँग काम गर्ने अवसर दिए भने कार्यक्रमको होस्ट समेत गरे ।
केही समय अघि एयर एशियाको उडड्यन पत्रिकामा मलेसियन एयरलाइन्सको बोइङ ७७७ विमानको क्षतीसँग जोडेर आफ्नो प्रवद्र्धन गर्न गरिएको टिप्पणी माफ गर्न लायक थिएन । आफ्नै प्रतिश्पर्धी मलेसियन एयरलाइन्सका विषयमा गरिएको टिप्पणीका कारण समेत उनले माफि माग्नु पर्यो ।
स्टकमा सूचिकृत कम्पनी एयर एशिया २२ देशका ८८ मुलुकमा उड्छ । यसमा मालिक फर्नान्डिससँग दुई अर्ब रिंगेट बराबरको सम्पत्ती भएको फोब्र्सको अुनमान छ । उनी यो हिसावमा मलेसियाका २८ औं धनी हुन् ।
इगलिस प्रिमियर लिग फुटवल क्लव क्विन्स पार्क रेञ्जर्समा फर्नान्डिसको कम्पनीको दुई तिहाइ स्वामित्व छ । उनले क्याटरह्याम फर्मुला वान टिम बनाए । जुन सन् २०१० देखि लोटस रेसमा भाग लिन थालेको हो ।
उनले रिचर्ड ब्रासनको कम्पनी भर्जिन समूह (जसको साँगितिक कम्पनीमा फर्नान्डिसले केही समय वित्तीय नियन्त्रकका रुपमा काम गरेका थिए)सँग रेसिङमा बाजि थाप्दा फर्नान्डिसले जिते । हारेका ब्रासनले गतवर्ष एक दिन एयर एशियामा रातो ड्रेस र रातो रिपिस्टक लगाएर स्टे«वाडको जागिर गरे ।
फर्नान्डिसले यो वर्ष क्याटरह्याम टिम विक्री गरे, तै पनि उनी क्याटरह्याममा समूहका अध्यक्ष छन् । जुन हलुका सवारी कार निर्माणमा विशेषज्ञ मानिन्छ ।


लुइस सिद्धार्त: जसका प्रेमी हराइरहेको विमानमा थिए
फर्नान्डिसको सबैभन्दा ठूलो उपलब्धि हो, दक्षिण–पूर्वी एशियाको हवाई उद्योगमा खुला आकाश निर्माण । उनले यसका लागि मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया र सिंगापुरका उच्च नेतृत्वसँग लविङ गरे । यसको परिणाम ती देशले एयर एशिया र यो जस्ता सस्तो मूल्यमा उडान भर्ने कम्पनीलाई अवतरण अनुमति दिए ।
एयर एशियाको क्युजेड ८५०१ घट्नापछि अब फेरी एयर एशियाका लागि फर्नान्डिसको नेतृत्व आवश्यक छ । जुन घट्नाले सिंगापुर, मलेसिया र इन्डोनेशियालाई हलाइदिएको छ ।
आइतवार इन्डोनेसियन व्यवस्थापकसँग भेट गर्न सुरभ्या उड्नुअघि फर्नान्डिसले ट्विट गरेका छन्, मेरो दिमागमा अहिले ती यात्रु र चालकदलसँग मात्रै छ … हामी अझ बलियो हुन जरुरी छ ।
सिंगापुरको अनलाइन संस्करण द स्ट्रेट टाइम्सबाट साभार