ग्यासको मूल्य बढाउनुअघि व्यवसायी र निगमका पदाधिकारीवीच चार करोड रुपैयाँको चलखेल

बिजमाण्डू
२०६९ फागुन २ गते ००:०० | Feb 13, 2013
ग्यासको मूल्य बढाउनुअघि व्यवसायी र निगमका पदाधिकारीवीच चार करोड रुपैयाँको चलखेल

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीको मिलेमतोमा मंगलबार झन्डै साढे चार करोड रुपैयाँ अनियमितता भएको छ । निगमले ग्यासको मूल्य बढाउने निर्णय गर्दा ४ करोड २३ लाख रुपैयाँ मंगलबार मात्रै उद्योगीले मुनाफा हुनेछ ।  निगमले मंगलबार ग्यासको मूल्य बढाउने निर्णय गर्दा व्यवस्थापनले ५३ बुलेट ग्यासको भन्सार छुटेर आएको छ । मूल्य बढाउने निर्णय हुने दिनमा यसअघि कहिल्यैपनि ग्यासको बुलेटको भन्सार छुटेको थिएन । निगम स्रोतका अनुसार एक बुलेटमा १२ सय ६७ सिलिन्डर हुन्छ । यो आधारमा एक सिलिन्डरमा ६ सय ३० रुपैयाँ बढ्दा उद्योगीको भागमा ४ करोड २३ लाख रुपैयाँ परेको छ ।
‘निगम व्यवस्थापन र उद्योगीको मिलेमतो बुलेटको भन्सार छुटाउने काम भएको छ,’ निगमका एक कर्मचारीले भने, ‘उद्योगीलाई नाफा भएको रकम व्यवस्थापन र उद्योगीलाई भागबण्डा हुनेछ ।’ निगमले मंगलबार मूल्यवृद्धि गर्न सञ्चालक समितिको बैठक डाक्ने निर्णय माघ २९ गते नै भएको थियो । फागुन १ गते सञ्चालक समितिको बैठक डाकेर परलमूल्यमा ग्यासको मूल्य तोक्ने तयारीमा व्यवस्थापन थियो ।

Tata
GBIME
Nepal Life