नेपाल वन निगमका सीइओका लागि आवेदन खुल्यो, आवेदन दिन के चाहिन्छ योग्यता ?



बिजमाण्डू
२०७९ भदौ ६ गते ११:०५ | Aug 22, 2022

काठमाडौं। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको नेपाल वन निगम लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)को लागि दरखास्त आह्‍वान भएको छ।

Tata
GBIME
Nepal Life

सीइओ नियुक्तिका लागि गठित समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न सोमबार आवेदन खुलाएको हो। योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकले १५  दिनभित्र कार्यालय समयमा रितपूर्वक आवेदन दिनुपर्नेछ।

वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा, सिंहदरबार काठमाडौंमा गोप्य दरखास्त पेस गर्न आग्रह गरिएको छ। निर्धारित मिति र समयभित्र प्राप्त हुन नआएका तथा रित नपुगेका दरखास्त उपर कुनै कारबाही नहुने उल्लेख छ। 

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट वन तथा विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनु पर्नेछ।

३० वर्ष पुरा भई  ६५ ननाघेको उम्मेदवारले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।