आइएमई जनरल इन्स्योरेन्सले माग्यो सातै प्रदेशमा कर्मचारी, असिस्टेन्ट म्यानेजरदेखि मार्केटिङ



बिजमाण्डू
२०७९ साउन ११ गते १३:०७ | Jul 27, 2022

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सात प्रदेशका लागि विभिन्न पदमा कर्मचारी मागेको छ। कम्पनीले बुधबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।  

कम्पनीले शाखामा मार्केटिङ डिपार्टका लागि कर्मचारीको मागेको छ। जसमा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर खोजेको छ। यस पदका लागि इच्छुकले कम्तिमा स्नातक तह उत्तीर्ण र ४ वर्ष इन्स्योरेन्स बैंकिङ र आर्थिक वित्तीय क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीले  सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर, सिनियर मार्केटिङ अफिसर  पनि मागेको छ। यसका लागि कम्तिमा स्नातक र २ वर्ष इन्स्योरेन्स, बैंकिङ लगायतका आर्थिक क्षेत्रमा काम गरेको हुनु पर्नेछ।

साथै, कम्पनीले सातै प्रदेशमा ट्रेनी डेभलपमेन्ट अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर र डेभलपमेन्ट अफिसर माग गरेको छ। यस पदका लागि इच्छुकले कम्तिमा १२ पास गरेको र १ देखि २ वर्ष इन्स्योरेन्स, बैंकिङ लगायत अन्य आर्थिक क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ। इच्छुकले  साउन २५ भित्र आवेदन दिनु पर्नेछ।