काठमाडौं । कर्मचारी सञ्चय कोषले रोजगारीको अवसर खुला गरेको छ । मंगलबार एक सूचना जारी गर्दै सञ्चय कोषले खुला तथा समावेशी प्रतियोगिताबाट ५८ जनाका लागि अनलाइन दरखास्त आह्वान गरेको हो ।
सञ्चय कोषले प्रशासन अन्तर्गत एकजना वरिष्ठ प्रबन्धक माग गरेको छ। यसैगरी २ जना प्रबन्धक तथा तीनजना उप प्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ।
वित्त व्यवस्थापक(उप प्रबन्धक) पदमा दुई जना तथा सहायक प्रबन्धक पदमा २३ जनाको दरखास्त माग गरेको हो ।
यसका साथै एक एक जना (कानुन)सहायक प्रबन्धक, प्रमुख सहायक र सब इन्जिनियर पनि माग गरेको छ। सञ्चय कोषले सबैभन्दा बढी कर्मचारी सहायक पदमा माग गरेको छ । उक्त पदमा कोषले २४ जनाका लागि दरखास्त माग गरेको हो ।
उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । २१ दिन पश्चात ७ दिनसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने जनाइएको छ।