काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त अध्यक्ष पदका लागि आवदेन खुलेको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट अध्यक्ष नियुक्ति गर्ने लिमिटेडले जनाएको छ ।
उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८, बमोजिम योग्यता तथा अनुभव हुनुपर्ने बताइएको छ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएकोले मात्र आवेदन दिन पाउनेछन्।
साथै , नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको व्यक्तिले मात्र आवेदन दिन मिल्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मन्त्रालय सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
अध्यक्ष पदका लागि योग्यता भएका व्यक्तिले ७ दिनभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायमा आवदेन दिन सक्ने बताइएको छ।