सुनको भाउ तोलामा थोरै बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदै, चाँदी कति पुग्यो?

बिजमाण्डू
२०७९ असार ९ गते ११:३६ | Jun 23, 2022

काठमाडौं। सुनको मूल्य बिहीबार बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बिहीबार सामान्य घटेको छ।

बुधबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २ सय ५० मूल्य कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १८३३.३१ डलरको हाराहारीमा कारोबार भएको छ।

बुधबारभन्दा प्रतिऔंस ६.२९ डलरले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतिऔंस २१.३३ डलर छ। बुधबार चाँदीको मूल्य प्रतिऔंस २१.४१ डलरको हाराहारी थियो।