
काठमाडौं। साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। सुन फेरि बढेर तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।
गत शुक्रबारको तुलनामा तोलामा १५ सय रुपैयाँ बढ्दा आइतबार सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँ भएको छ।
यो मूल्य ४३ दिन यताकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार कायम मूल्यमा यसअघि वैशाख १६ गते कारोबार भएको थियो। त्यसयता घटबढ भइरहे पनि पुनः तोलाको एक लाख नजिक पुगेको थिएन।
गत शुक्रबार सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ९८ हजार रुपैयाँ थियो।
यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ भएको छ। गत शुक्रबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतिऔंस ७२६.८९ डलरले बढेको हो। यस्तै चाँदी पनि प्रतिऔंस ०.२१ डलरले बढेको छ।
आइतबार सुनको कारोबार प्रतिऔंस १८७१ .६१ डलर र चाँदी प्रतिऔंस २१.८९ डलरले भइरहेको छ। गत शुक्रबार सुन प्रतिऔंस ११४४.७२ डलर र चाँदी प्रतिऔंस २१.६८ डलरको हाराहारी थियो।