
काठमाडौं। सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी बढुवा भएका छन्। सिभिल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य गर्दै आएका रायमाझी डेपुटी प्रमुख कार्यकारीमा बढुवा भएका हुन्।
रायमाझीले बुधबारबाट नयाँ जिम्मेवारीमा काम गर्ने छन्।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले नेपाल राष्ट्र बैंकमा पनि काम गरेका छन्। केन्द्रीय बैंकको जागिर छाडेर उनी निजी क्षेत्रका बैंकमा आएका हुन्।
एनसीसी, मेगा र प्रभु बैंकमा काम गरिसकेका उनको बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिरहेका थिए।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिनजंग रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे।