मिड सोलु हाइड्रोपावरले आइपिओ ल्याउने, यसैका लागि कम्पनीले डाक्यो विशेष साधारणसभा



बिजमाण्डू
२०७९ जेठ ८ गते ००:०० | May 22, 2022

काठमाडौँ। मिड सोलु हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। प्राथमिक सेयर निष्कासनको प्रस्तावसहित कम्पनीले आगामी जेठ २३ गते विशेष साधारण सभा डाकेको हो।

Tata
GBIME
Nepal Life

आइपिओ निष्कासन प्रयोजनका लागि कम्पनीको हाल कायम चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजीको संरचना संशोधन हुनेछ। पुँजी संरचना संशोधनका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक फेरबदल सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्ने बताइएको छ।

उक्त कार्य सम्पन्न गर्न तथा नियामक निकायमार्फत आएको सुझाव वा निर्देशन अनुरुप कार्य सम्पादन गर्न सभाले कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायत एजेण्डा अनुमोदन गर्ने कम्पनीले जानकारी दिएको छ।

विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यलयमा हुने बताइएको छ। जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको निर्णय लिएको थियो।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको मिड सोलु हाइड्रोपावर आयोजना निर्माण गर्दै छ। हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड रुपैयाँ हो। जसमध्ये सर्वाधिक सेयर स्वामित्तव भिम बहादुर पालको रहेको छ। 

भिमबहादुरसँग कम्पनीको २३ प्रतिशत सेयर स्वामित्व छ। त्यस्तै, १९  प्रतिशत सेयर स्वामित्व राजेन्द्र प्रसाद गौतमको छ। कम्पनीको बाँकी ५८ स्वामित्व विभिन्न २४ सेयरधनी माझ विभाजित छ।