काठमाडौं। काठमाडौं-तराई मधेस द्रुतमार्ग(फास्ट-ट्रयाक) निर्माणका लागि सेनाले कामदार मागेको छ। यसका लागि आयोजनाले टनेल इन्जिनियरदेखि हाईवे डिजाइन र ब्रिजको स्टक्चर वा डिजाइन गर्न सक्नेसम्म दक्ष भएका ६ जना इन्जिनियर माग गरेको छ।
आयोजनाले शनिबार एक सूचना जारी गर्दै २ जना हाईवे डिजाइन इन्जिनियर, २ जना पुल तथा स्ट्रक्चर डिजाइन इन्जिनियर र टनेल इन्जिनियर गरी ६ जनाको संख्यामा जनशक्ति माग गरेको छ।
हाईवे डिजाइन इन्जीनियरले हाईवे इन्जिनियर र ट्रान्सर्पोटेसन इन्जिनियरिङमा स्नातकोत्तर, यसै क्षत्रमा १० वर्ष काम गरेको अनुभव भएकाले यसमा आवेदन दिन सक्नेछन्।
यसैगरी ब्रिज स्ट्रक्चर डिजाइन इन्जिनियरका लागि ब्रिज स्ट्रक्चर डिजाइनमा स्नातकोत्तर गरेको र यसै क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएका व्यक्तिले यसमा आवेदन दिन सक्नेछन्।
टनेल इन्जिनियरका लागि पनि टनेल इन्जिनियरिङ र जीओ-टेक्निकल इन्जिनियरिङमा स्नातकोत्तर गरेको हुनुपर्नेछ। साथै यसै क्षेत्रमा १० वर्ष काम गरिसकेको अनुभवीले यसमा आवेदन दिन सक्नेछन्।
यसका लागि जेठ २२ गतेसम्म मात्र आवेदन दिन सकिने काठमाडौं-तराई मधेस द्रुतमार्ग आयोजनाले जनाएको छ।