मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक बढाउन प्रस्ताव, सुरक्षा गार्डको न्युनतम तलब ८४ हजार



बिजमाण्डू
२०७९ बैशाख १७ गते १५:२४ | Apr 30, 2022

काठमाडौं। नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्युनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन्।

भेटमा श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट (८४ हजारभन्दा बढी) पुर्‍याउन प्रस्ताव गरेका थिए।

दुई मन्त्री बीचको छलफलमा नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।