एनपीएलका उत्कृष्ट नेपाली खेलाडी, ब्याटर, बलर र उदीयमान खेलाडी छैनन् नेपाली टोलीमा

बिजमाण्डू
२०८३ मंसिर १२ गते १९:३९ | Nov 28, 2026
एनपीएलका उत्कृष्ट नेपाली खेलाडी, ब्याटर, बलर र उदीयमान खेलाडी छैनन् नेपाली टोलीमा
नेपाली क्रिकेट टोली। फाइल फोटो

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा गरेको छ। ८ टोली सहभागी रहने यो प्लेअफमा शीर्ष चार टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ।

GBIME
Tata

नेपाली टोली घोषणा हुँदा नेपाल प्रिमियर लिग (एनपीएल)का विभिन्न विधाका उत्कृष्ट खेलाडी टोलीमा परेनन्।

एनपीएलको उत्कृष्ट खेलाडी बन्दै कार, सर्वाधिक विकेट लिने खेलाडी बन्दै मोटरसाइकल रिजन ढकाल थिए। त्यस्तै,  सर्वाधिक रन बनाएर लोकेश बमले पनि मोटरसाइकल जितेका थिए। त्यस्तै, राहुल यादव उदीयमान खेलाडी बनेका थिए।

यी यी तीनै जना खेलाडी टीयू मैदानमै हुने विश्वकप क्वालिफायरको प्लेअफमा छनोट हुन असफल भएका छन्। सोमपाल पनि टिममा छैनन् भने कतारमा सम्पन्न राइजिङ स्टार्स एसिया कपमा पाकिस्तानविरुद्ध नेपालको ब्याटिङमा सुझबुझपूर्ण प्रदर्शन गरेका मयन यादव पनि टीममा छैनन्।

एनपीएल टी-२० फर्म्याटमा थियो भने नेपालले अब एकदिवसीय फर्म्याटमा खेल्नुपर्नेछ। बाँकी टोलीमा परेका खेलाडीले पनि एनपीएल खेलेका थिए।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ सेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरि, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी र अभिशेष गौतम