कुश्मा पुगेर ऊर्जामन्त्री श्रेष्ठले भने- जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्छौँ

बिजमाण्डू
२०८३ मंसिर १२ गते १६:३८ | Nov 28, 2026
कुश्मा पुगेर ऊर्जामन्त्री श्रेष्ठले भने- जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्छौँ
तस्बिर : रासस।

पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।

GBIME
Tata

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले शनिबार कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापन लगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे। रासस