काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका-२ बाट स्रोत नखुलेको १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौंतर्फ आउँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।










