सुनचाँदीको भाउ फेरि ओरालो, सुनको मूल्य तोलामा ६५०० रुपैयाँ घट्यो, ३.३४% ले सस्तियो चाँदी

बिजमाण्डू
२०८३ मंसिर ९ गते ११:०३ | Nov 25, 2026
सुनचाँदीको भाउ फेरि ओरालो, सुनको मूल्य तोलामा ६५०० रुपैयाँ घट्यो, ३.३४% ले सस्तियो चाँदी

काठमाडौं। तिहार बिदापछि लगातार ८ दिन ओरालो लागेर दुई दिन बढेको सुनचाँदीको भाउ फेरि घटेको छ। सुनको भाउ बुधबार प्रति तोला ६ हजार ५०० रुपैयाँ घटेको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ४१ हजार ४०० रुपैयाँ तोकेको छ। सुन मंगलबार तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँका दरले किनबेच भएको थियो।

सुनको भाउ मंगलबार तोलामा ५०० र सोमबार ४ हजार ८०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य ३.३४ प्रतिशतले ओरालो लागेको छ। चाँदीको भाउ प्रति तोला १०५ रुपैयाँ घटेर ३ हजार ४० रुपैयाँमा आइपुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेपछि नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको हो।