सेयर बजारमा १०५ कम्पनीको मूल्य बढ्यो, सूचक २६२३.५६ अंकमा पुग्दा ३ अर्ब ८२ करोडको किनबेच

बिजमाण्डू
२०८३ मंसिर ७ गते १५:१८ | Nov 23, 2026
सेयर बजारमा १०५ कम्पनीको मूल्य बढ्यो, सूचक  २६२३.५६ अंकमा पुग्दा ३ अर्ब ८२ करोडको किनबेच

काठमाडौं। कारोबार खुलेदेखि उतारचढाव देखिएको सेयर बजार अन्तिममा सामान्य अंकले बढेको छ। नेप्से परिसूचक सोमबार २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको छ।

GBIME
Tata

कारोबारमा आएका अन्य, बैंकिङ, विकास बैंक र इन्भेष्टमेन्ट उपसमूहले बजार बढाएका हुन्। बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ।

मेन्छियम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले बढेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सेयरमूल्य घटेका १६५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। भिजन लुम्बिनी ऊर्जा कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ।

बजारमा ३ अर्ब ८२ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बैंकहरुको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै १५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, लक्ष्मी बैंक १२ करोड ७६ लाख, एनआइसी एसिया बैंक १२ करोड ५९ लाख र कुमारी बैंकको १२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।