दिल्लीमा बालेन र मोदीले हरियो झण्डा देखाएको रेल १० स्टेसनमा रोकिने, १९ घण्टाको यात्रा

बिजमाण्डू
२०८३ मंसिर ७ गते १४:४७ | Nov 23, 2026
दिल्लीमा बालेन र मोदीले हरियो झण्डा देखाएको रेल १० स्टेसनमा रोकिने, १९ घण्टाको यात्रा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा हरियो झण्डा देखाएर ‘सरयू कमला एक्सप्रेस’ को औपचारिक शुभारम्भ गरेका छन्। यो रेलले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ।

GBIME
Tata

यससँगै भगवान् रामको नगरी अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामबीच आजदेखि पहिलो पटक सिधा रेल सेवा संचालनमा आएको छ।

दुई देशका धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सहरहरूलाई जोड्ने यो रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न १० वटा स्टेसनहरूमा रोकिनेछ।

रेल संचालनको पहिलो दिन आज १ हजार १५८ जना यात्रुहरूले यात्रा गरेका छन्। सर्वसाधारण यात्रुहरूका लागि भने आगामी मंसिर १२ गते (नोभेम्बर २८) देखि नियमित रुपमा यो रेल सेवा खुला हुने अपेक्षा गरिएको छ।

वाल्मीकि रामायणका अनुसार त्रेतायुगमा राजा दशरथ रामको जन्ती लिएर अयोध्याबाट मिथिलाको जनकपुर आइपुग्दा चार दिन लागेको उल्लेख छ।

रेल सेवाको सुरुवातसँगै अब अयोध्या र जनकपुरधामबीचको यो ऐतिहासिक यात्रा करिब १९ घण्टामै पूरा हुने भएको छ।

यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।