नेपाललाई २४ हजार करोड सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

बिजमाण्डू
२०८३ मंसिर ७ गते १३:५४ | Nov 23, 2026
नेपाललाई २४ हजार करोड सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

काठमाडौं। भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सवा २ खर्ब रुपैयाँ सहयोग रकम घोषणा गरेका हुन्।

उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि सहयोग रकम घोषणा गरेका हुन्। मोदीले बालेलाई दूरदर्शी नेताको संज्ञा दिए। गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई लिएर मोदीले बालेनलाई दूरदर्शी नेताको संज्ञा दिएका हुन्।

‘जब उहाँले केही महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो, त्यसले उहाँमा रहेको दूरशर्शिता झल्किएको थियो,’ मोदीले भने।

मोदीले बालेनसँग नेपालको भविष्य र दुई देशको सम्बन्धलाई लिएर क्लियर भिजन रहेको बताए। ‘उहाँसँग आज केही घण्टा गरेको कुराकानीबाट नेपालको भविष्य र दुई देशको सम्बन्धलाई लिएर उहाँमा क्लियर भिजन रहेको महशुस गरें,’ उनले भने।

मोदीले नेपालको समृद्धिमा सधैं साथ दिने प्रतिबद्धता जनाए।